आइएमई अटोमोटिभले महिलालाई निःशुल्क ब्याकहो लोडर तालिम दिने

काठमाडौं । एस्कर्ट्स नेपालको आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तिकरणका लागि नयाँ अभियान सुरु गरेको छ । कम्पनीले नारी दिवसको अवसरमा सशक्तिकरण अभियान अन्तर्गत १५ जना महिलालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको हो ।

कम्पनीले महिलालाई ब्याकहो लोडर चलाउने तालिम प्रदान गर्न लागेको हो । साथै, लाइसेन्स प्राप्त गर्न र सम्बन्धित क्षेत्रमा रोजगारी सुरक्षित गर्न सहयोग गर्ने उद्देश्यले तालिम दिन लागिएको कम्पनीले जनाएको छ ।

आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले भने, ‘निर्माण उद्योगमा महिलाहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन् भन्ने हाम्रो विश्वास छ। यो निःशुल्क तालिम प्रदान गरेर, हामी महिलाहरूलाई सशक्तिकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरणहरू उपलब्ध गराउने आशा गर्छौं।’

प्रशिक्षण कार्यक्रम सबै उमेर र पृष्ठभूमिका महिलाहरूको लागि खुला गरिएको आइएमई अटोमोटिभ्सले जनाएको छ ।


Back_to_top