बजारमा आउँदै भारतमा उत्पादनमा भएका तीन नयाँ ईभी

काठमाडौं । भारतमा उत्पादन भएका तीन नयाँ इलेक्ट्रीक कार चाँडै बजारमा आउने भएका छन् ।

विद्युतीय सवारी साधनको बिक्री बढ्दै गएसँगै एकपछि अर्को अटोमोबाइल्स ब्राण्डहरूले नयाँ ईभी ल्याउन थालेका हुन् ।

भारतीय बजारमा टाटा र एमजीको इलेक्ट्रीक भेहिकलमा सफलता पाइरहेका छन् । त्यसैलाई पछ्याउँदै कोरियन अटोमोबाइल हुन्डाई, किया र महिन्द्राले पनि सबफोर मिटर साइजमा नयाँ ईभी ल्याउने भएका हुन् ।

कम्प्याक्ट सेग्मेन्टमा आउने यी ईभीहरूले भारतीय अटोमोबाइल मार्केटमा ईभीको पेनेट्रेसन बढाउन सहयोग पुर्याउने विश्वास लिइएको छ ।

हाल भारतमा उत्पादन भएका धेरै ईभी नेपाली बजारमा उपलब्ध रहेकाले यी नयाँ ईभी पनि आउने सहजै अनुमान गर्न सकिन्छ ।

१. महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी

महिन्द्राले भारतको इन्ट्रीलेभल इलेक्ट्रीक एसयूभी सेग्मेन्टमा एक्सयूभी थ्रीएक्सओ ईभी चाँडै लन्च गर्ने भएको छ । यो एसयूभी अहिले सडक परीक्षण भइरहेको छ ।

 

एक्सयूभी ४०० भन्दा तलको पोजिसनिङ हुने थ्रीएक्सओ ईभी थ्रीएक्सओ पेट्रोलकै इलेक्ट्रीफाइ भर्सन हो । यो एसयूभीमा ईभी स्पेसिफिक ब्याज र केही कस्मेटिक अपडेट हुनेछ ।

महिन्द्रा एक्सयूभी थ्रीएक्सओमा पानारोमिक सनरुफ, फ्रन्ट पार्किङ सेन्सर, इलेक्ट्रीक पार्किङ ब्रके, अटो होल्ड, १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १०.३ इन्चको टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, लेभल २ एडास, हर्मन कार्डनको साउण्ड सिस्टम लगायत फिचर रहने छ । यो एसयूभीमा ३५ किलोवाट आवरको ब्याट्रीप्याक रहने अनुमान गरिएको छ ।

२. किया सिरोस ईभी

किया मोटर्सले सन् २०२६ को सुरुवातमै सिरोसको इलेक्ट्रीक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ । कियाको इलेक्ट्रीक एसयूभी हालै मात्र कोरियाको पब्लिक चार्जिङ स्टेशनमा देखिएको थियो ।

हुन्डाईका इन्सटर ईभी बनेकै केवान प्ल्याटफर्ममा बनेको सिरोस ईभीमा लेभल २ एडास, भेन्टिलेटेड सिट, प्यानारोमिक सनरुफ, १२.३ इन्चको ड्युल टचस्क्रीन लगायत धेरै थरिका प्रिमियम फिचर रहने छ ।

किया सिरोसमा ४२ र ४९ किलोवाट अवारको ब्याट्रीप्याक अप्सन रहने छ । यी ब्याट्रीहरूको डब्लूएलटीपी रेन्ज क्रमशः ३०० र ३५५ किलोमिटर हुनेट । यो ईभीमा फ्रन्टह्वील ड्राइभ सिंगल मोटर सेटअप रहनेछ ।

३. हुन्डाई इन्सटर ईभी

हुन्डाईले पनि नयाँ ईभी ल्याउने भएको छ । हुन्डाईका सीईओ होजे मुनोजले हालै एक कार्यक्रममा इण्डियन स्पेकको ईभी बनाउने घोषणा गरेका छन् ।

टाटाको पन्च ईभीसँग सिधा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो ईभी भारतमा बिक्री भइरहेको एक्सटरको ईभी भर्सन हुने सम्भावना रहेको छ । यस अघि हुन्डाईको ग्लोबल मोडल इन्सटर ईभी आउने भनिएकोमा अब भने इण्डियामै स्थानीय कच्चा पदार्थको प्रयोग गरी हुन्डाईले ईभी बनाउने भएको हो ।

यो ईभीको स्पेक सार्वजनिक नभए पनि ४२ वा ४९ किलोवाट आवरको ब्याट्रीप्याकको अप्सन आउने अनुमान छ । यसको रियल वर्ड रेन्ज ३०० किलोमिटरको हुने आकलन छ ।


Back_to_top