भारतमा बन्यो पहिलो हाइड्रोजन फिउल सेल कार

काठमाडौं । विश्वकै ठूलो मध्यको एक अटोमोवाइलको बजार भारतमा पेट्रोल, डिजल, सिएनजी, इलेक्ट्रीकपछि अब हाइड्रोजन फिउल सेल (एचएफसी) बाट चल्ने प्रविधिको पनि बिकास भएको छ । विश्वको जीरो इमिसन भनेर प्रमाणित भइसकेको र टोयोटा र हुन्डाईले प्रयोगमा ल्याइसकेको एचएफसी प्रविधि भारतमा पहिलो पटक संयुक्त रुपमा काउन्सील फर इन्डस्ट्रियल रिसर्च (सिएसआइआर) र केपीआइटीले सफल परिक्षण गरेका हुन् ।

सिएसआइआर र केपीआइटीले सन् २०१६ मै संयुक्त रुपमा यो प्रविधि विकास गर्नका लागि न्यू मिलेनियम इन्डिया टेक्नलोजी लिडरसीप इनिसीयटीभ अन्तर्गत संम्झौँता गरेको थिए ।

हाइड्रोजन फिउल सेलले कसरी काम गर्छ ?

यो टेक्नलोजी अन्तर्गत हाइड्रोजन र अक्सिजनका बीच केमिकल रियाक्सन भएर इलेक्ट्रीक इनर्जी उत्पादन हुने गर्छ । गाडीमा हाइड्रोजन बाहिरबाट पेट्रोल हालेको जसरी हाल्नु पर्छ भने यसमा रहेको प्रविधिले अक्सिजन बायुमण्डलबाट लिने गर्छ । अक्सिजन र हाइड्रोजनको केमिकल रियाक्सनबाट एक्जस्ट पाइपबाट धुवाको सट्टा शुद्ध पानी मात्र निस्कनेछ ।

भारत विश्वकै प्रदुषित सहरहरु धेरै भएको देशमा पर्छ । यो प्रविधिको विकास र विस्तार भएमा वायु प्रदुषण घटाउन निकै सहयोग हुने विस्वास लिइएको छ । तर, हाइड्रोजन वितरणको पूर्वाधार नबनिसकेको कारण अहिलेनै एचएफसी कार गुडीहाल्ने सम्भावना भने छैन ।

कस्तो थियो त टेष्ट कार ?

टेष्ट गरिएको कार सामान्य ५ सीटको कम्प्याक सेडान कार थियो । जसमा फिउलसेल स्ट्याकलाई पछि रेट्रोफिट गरिएको थियो । उक्त कारमा टाइप थ्री कमर्सियल हाइड्रोजन ट्याङ्क जडान गरिएको छ । जसमा १.७५ केजी हाइड्रोजन ३५० बार प्रेसरमा रहेको हुन्छ । यो फिउलले अक्सिजनसँग रियाक्सन गरेर भारतको रोड कण्डिसनमा २५० किलोमिटरसम्म गुडाउन सकिने रिसर्चको रिपोर्टमा आएको छ ।
यो माइलेज पाउनका लागि एभरेज स्पीड भने ६० देखि ६५ किलोमिटर प्रति घन्टाको रहेको थियो ।

इभीभन्दा उपयुक्त हुने सम्भावना

इलेक्ट्रीक भेहिकल जस्तो रिचार्ज गर्नको लागि धेरै समय नलाग्ने यसको मूख्य विशेषता हो । हाइड्रोजन फिउल सेलवाला मोटरलाई रिफ्यूलीङ्ग गर्नकोलागि जम्मा १० मिनेट लाग्ने रिपोर्टहरुले देखाएको छ । तर, इभीहरुलाई एसी फास्ट चार्जरले रिचार्जगर्दा समेत ८० प्रतिशतसम्म रिचार्ज गर्नको लागि हालसम्को आधुनिक प्रविधिमा पनि ४०-४५ मिनेट लाग्ने गरेको छ भने, साधारण घरायसी चार्जरबाट १०-१२ घन्टासम्म लाग्ने गरेको छ ।

भारतमा कर्शियल हेभी गाडीहरुमा हाइड्रोजन फिउल सेल एकदमै उपर्युक्त हुने देखिन्छ । यदि सबै गाडीहरु जीरो इमिसनको बनाउने लक्ष्य हो भने हेवी गाडीहरुमा ठूलो साइजका व्याट्री राख्नु पर्ने देखिन्छ, जुन तौलका हिसाबले अव्यवहारीक हुनेछ । यस्ता गाडीहरुलाई हाइड्रोज हाल्ने पूर्वाधार बन्ने हो भने हाइड्रोजन फिउल सेल प्रविधि एकदमै उपयुक्त हुने छ ।


Back_to_top