काठमाडौं । भारतको उत्कृष्ट विद्युतीय स्कुटर ब्राण्ड एम्पीयरका इलेक्ट्रीक स्कुटर पोखरामा बिक्री सुरू भएको छ ।
एम्पीयरको नेपालका लागि आधिकारिक बिक्रेता एसटीसी अटो सोलुसन प्रालिले पोखरामा आफ्नो सेवा विस्तार गरेको हो ।
पोखराको बुद्धचोकमा रहेको डीएनबी ट्रेड प्रालिले एम्पीयर स्कुटरको आधिकारिक डिलरका रूपमा नयाँ शोरुम संचालनमा लयाई एम्पीयर नेक्सस ईएक्स स्कुटरको बिक्री सुरू गरेको हो ।
कम्पनीले एम्पीयर नेक्सस ईएक्सको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकेको छ । विशेषगरी एम्पीयर नेक्सस ईएक्स दैनिक प्रयोग, आरामदायी यात्रा तथा किफायती विद्युतीय सवारी खोज्ने ग्राहकहरूका लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
एम्पीयर नेक्सस ईएक्समा ३.९ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसमा ३ किलोवाट आवरको एलएफपी ब्याट्री प्रयोग गरिएको छ । कम्पनीका अनुसार यो स्कुटरले एकपटकको फुलचार्जमा १३६ किलोमिटरसम्म रेन्ज दिन्छ । यो स्कुटरलाई घरमै करिब ३ घण्टा ३० मिनेटमा चार्ज गर्न सकिन्छ ।
एम्पीयर स्कुटरमा लिथियम फेरो फोस्फेट ब्याट्री प्रयोग गरिएको छ। यी स्कुटरहरू अत्यन्तै चिसो माइनस ४० डिग्रीदेखि अत्यन्तै तातो ६० डिग्री तापक्रमसम्म परीक्षण गरिएका छन् । एम्पीयरमा प्रयोग गरिएको एलएफपी ब्याट्रीको लाइफ साइकल २ हजारसम्म रहेको छ। साथै, ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध हुनेछ ।
एम्पीयर स्कुटरहरूमा मजबुत च्यासिस, ट्वीन सस्पेन्सन, स्मार्ट टेक्नोलोजी, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू उपलब्ध छन् ।
मिड माउन्ट मोटर भएको यस स्कुटरमा रिभर्स मोडसहित पाँचवटा राइड मोड उपलब्ध छन् । यसमा एलोय हवील, डिस्क ब्रेक, अल एलईडी लाइट, यूएसबी चार्जर, कनेक्टिभिटी लगायतका आधुनिक फिचरहरू समावेश छन् ।


