पोखरा । बजाज चेतक ईभीले पोखराको नयाँबजारमा नयाँ विशेष चेतक एक्सपेरियन्स जोन संचालनमा ल्याएको छ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकर्षणलाई मध्येनजर गर्दै कम्पनीले आफ्नो नेटवर्क विस्तार गरेको हो ।
यो राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको कम्पनीको भनाइ छ ।
आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक केन्द्रित सेवाहरूलाई समेटिएको छ। उक्त केन्द्रमा सवारी प्रदर्शन, टेस्ट राइड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ।
शोरुममा आउने ग्राहकहरूले डिजिटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चार्जिङ समाधान तथा स्मार्ट फिचर सम्बन्धी परामर्श पनि प्राप्त गर्न सक्नेछन् ।
चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिबिम्बित गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएक्टिभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
चेतक पोखराका संचालक अगोष मान बुद्धाचार्यले नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा पोखरामा नयाँ शोरुम खोल्नु महत्वपूर्ण कदम रहेको बताए ।
‘पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अर्को महत्वपूर्ण कदम चालिरहेका छौं। चेतक ईभी परम्परा, नवप्रवर्तन र दैनिक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो, र यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ नजिकबाट महसुस गर्न सक्ने विश्वास लिएका छौं,’ उनले भने ।


