इन्डोनेसियामा ११ जना सवार जहाज सम्पर्कविहीन

काठमाडौं । इन्डोनेसियामा ११ जना सवार जहाज सम्पर्कविहीन भएको छ । योग्याकार्ताबाट मकासारका लागि उडेको इन्डोनेसिया एयर ट्रान्सपोर्टको जहाज बेपत्ता भएको हो ।

उक्त जहाजमा चालकदलका ८ सदस्यसहित ११ जना सवार रहेको बताइएको छ । उक्त विमान थानीय समय अनुसार आइतबार दिउँसो १ः१७ बजे एयर ट्राफिक कन्ट्रोलसँग अन्तिमपटक सम्पर्क इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सी ‘बसारनास’का अपरेसन निर्देशक एडी प्राकोसोले बताएका छन् ।

उनले प्राप्त तथ्यांकका आधारमा विमान मारोस जिल्लामा खसेको हुन सक्ने देखाएको जानकारी दिएका छन् । दक्षिण सुलावेसीको माउन्ट बुलुसाराउङमा रहेका पदयात्रीहरूले उक्त क्षेत्रमा विमानको भग्नावशेष छरिएको र आगो बलिरहेको देखेको बताएका छन् । यद्यपि, आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ ।

उक्त विमानको भग्नावशेष खोज्न २५ जना खोज तथा उद्धार अधिकारीलाई परिचालन गरिएको छ । हाल खोजी कार्य जारी रहेको छ ।


Back_to_top