इनड्राइभ बन्यो नेपाल प्रिमियर लिगको राइड हेलिङ पार्टनर

काठमाडौं । इनड्राइभ नेपाल प्रिमियर लिग (एनपीएल) २०२५को आधिकारिक राइड-हेलिङ पार्टनर बनेको छ ।

यो साझेदारीले नेपालको सबैभन्दा ठूलो टी२० क्रिकेट लिग र विश्वभर सर्वाधिक प्रयोग गरिने राइड शेयरिंग एप इनड्राइभलाई एकै ठाउँमा ल्याएको छ ।

यस साझेदारीले इनड्राइभलाई युवा तथा खेल समुदायसँगको सक्रिय सम्बन्ध सुदृढ गर्दै नेपाली बजारमा अझ गहिरो पहुँच स्थापना गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको कम्पनीले जनाएको छ ।

यात्रु र ड्राइभरले प्रत्यक्ष भाडा तय गर्न सक्ने मोडलमा आधारित इनड्राइभले निष्पक्षता, पारदर्शिता र स्वतन्त्रताको मूल्यलाई प्राथमिकता दिन्छ, जुन नेपाल प्रिमियर लिगको भावना र मूल्यसँग पनि मेल खान्छ ।

नेपाल प्रिमियर लिगसँगको सहकार्य इनड्राइभका लागि ब्राण्ड भिजिबिलिटी र समुदायसँगको सम्बन्धलाई अझ बलियो पार्ने रणनीतिक कदम पनि हो ।

नेपालको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितासँग जोडिँदै इनड्राइभले स्थानीय पहलहरुलाई समर्थन गर्ने र समान अवसर सिर्जना गर्ने आफ्नो उद्देश्यलाई निरन्तर पूरा गर्दै आएको छ ।

यो साझेदारीमार्फत इनड्राइभले निष्पक्षता, पहुँचयोग्यता र समुदायको विकासमा आफ्नो प्रतिबद्धता देखाएको छ र नेपालको सबैभन्दा विश्वासिलो र लोकप्रिय राइड-हेलिङ सेवाको हैसियतमा आफ्नो उपस्थिति अझ मजबुत बनाएको छ ।

इनड्राइभका नेपाल कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले एनपीएलसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित रहेको बताइन् ।

नेपाल प्रिमियर लिग जस्तो नेपालको प्रतिष्ठित एवं ठुलो क्रिकेट लिगसँग साझेदारी गर्न पाउँदा हामी निकै उत्साहित छौँ । क्रिकेटले देश तथा विदेशमा छरिएर रहेका समस्त जनतालाई एकताबद्ध गर्छ र यस साझेदारीले हामीलाई त्यो अद्भुत ऊर्जा भित्र रहने मौका दिएको छ, साथै सबैका लागि सहज, सुरक्षित र लचिलो मोबिलिटी सुनिश्चित गर्छ । इनड्राइभको निष्पक्ष व्यवसाय मोडलले पारदर्शिता, स्वतन्त्रता र मूल्यमार्फत मानिसलाई सशक्त बनाउँछ, जुन क्रिकेटको भावना र एनपीएलको सिद्धान्तसँग पूर्ण मेल खान्छ । हामी यस सिजनलाई अझ रोचक, पहुँचयोग्य र स्मरणीय बनाउने आशा गर्दैछौँ, उनले भनिन् ।

नेपाल क्रिकेट एसोसिएसन अफ नेपालका सचिव पारस खड्काले सहज पहुँच पुर्याउने बनाउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता र खेलको भावना प्रवद्र्धन गर्ने क्यानको उद्देश्य मेल खाएको बताए ।

“इनड्राइभलाई हाम्रो आधिकारिक राइड–हेलिङ पार्टनरको रूपमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । समुदायलाई सशक्त बनाउने र सहज पहुँच पुर्र्याउने बनाउने इनड्राइभको प्रतिबद्धता र क्रिकेटमार्फत समावेशिता र खेलको भावना प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य मेल खान्छ । इनड्राइभको सहभागिताले यस सिजनको फ्यान अनुभवलाई अझ समृद्ध र उत्साहजनक बनाउनेछ भन्नेमा हामी विश्वास गर्छौं, उनले भने ।


Back_to_top