पोखरामा अटो व्यवसायीहरुको अन्तर्क्रिया, विधान संशोधनपछि नाडा प्रदेश संरचनामा

पोखरा । अटोमोवाइल एशोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएसन (वाडा) बीच समसायीक विषयमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । पोखरामा आयोजना भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नाडाका पूर्वअध्यक्ष शौरभ ज्योति रहेका थिए ।

ज्यातिले कार्यक्रममा नाडा र वाडा मिलेर धेरै काम गर्न सकिने भनाई राखेका थिए । उनले वाडालाई प्रदेश सरकारसँग मिलेर पर्यटकीय नगरी पोखरामा विद्युतीय सवारी संचालन गर्न सुझाए ।

कार्यक्रममा बोल्दै वाडाका संस्थापक अध्यक्ष राजेन्द्र कुमार बटाजुले नाडाले काठमाडौं आयोजना गर्ने जस्तै अटो शो १० प्रतिशत मात्र रकम छुट्टाउन सके ७ वटै प्रदेशमा गर्न सकिने र त्यसले नाडाको ब्राण्डिङमा राम्रो हुने धारणा राखेका थिए ।

नाडाका पूर्व कार्यसमिति सदस्य तेजेन्द्र पौडेलले केन्द्रमा प्रदेशहरुको भोटिङ राइट बढाउन माग गरे । उनले सानो एउटा व्यापारीको संस्थाको पनि एक भोट, यहाँ हामी ४०० जना सदस्य रहेकाहरुको पनि एक भोट । यसलाई परिमार्जन गर्नु पर्ने पौडेलको भनाई थियो ।

अन्तक्र्रिया कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडा देशभर रहेका अटोमोवाइल व्यवसायीको हक र हित हुनेगरि काम गर्न लागेको बताए । उनले भने ‘नाडामा देशका ७ वटै प्रदेशको सहभागिता रहनेगरि हामी विधान संशोधन गर्दै छौं । त्यसले देशको हरेक कुनाको प्रतिनिधित्व गर्ने छ । तपाईहरु आफ्ना समस्या स्थानिय स्तरदेखि केन्द्रसम्म राख्नसक्ने भइसक्नु भएको छ ।’

वाडाका सल्लाहकार बसन्त प्रधानले अहिले विभिन्न क्षेत्रमा नयाँ अटोमोवाइलसँग सम्बन्धीत संघ/संस्था खोल्नेकाम भइरहेको छ । त्यसलाई एकै ठाउँमा ल्याउनु पर्ने बताए । उनले नाडाले प्रदेश स्तरियसंघलाई केन्द्रमा समेट्ने बताए पनि थप प्रस्ट पार्न माग गरे ।

कार्यक्रममा सबै सहभागिहरुलाई नाडाका महासचिव सुनिल रिजालले धन्यवाद ज्ञापन गरेका थिए ।


Back_to_top