काठमाडौं । इपानले आगामी बैशाख १२ गते उपत्यकामा ईभी र्याली आयोजना गर्ने भएको छ । हिमालयन हाइड्रोपावर एक्सपो २०२४ को उद्घाटनको अवशर पारेर ईभी र्याली गर्न लागिएको हो ।
यो र्यालीमा दुई पाङ्ग्रे र चार पाङ्ग्रे विद्युतीय साधनले सहभागिता जनाउन पाउने छन् । उपत्यकाको कमलादीबाट सुरु हुने र्याली टुडिखेल, ललितपुरको विभिन्न स्थानहुँदै पुन भृकुटीमण्डपमा आएर समापन हुनेछ ।
करिब १२ किलोमिटर लामो र्याली बैशाख १२ गते बिहान ६ः३० बजेबाट सुरु हुने आयोजनले जानकारी दिएको छ । केही दिनभित्रै र्यालीको लागि रजिष्ट्रेशन खुल्ला गर्ने तयारी भएको आयोजकको भनाइ छ ।
र्यालीमा सहभागिता निःशुल्क हुनेछ । साथै, विभिन्न लक्की ड्रबाट उपहार विजेता घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

