पेट्रोल कारभन्दा सस्तो बन्दै ईभी, सस्तोमा किन्न कति कुर्नु पर्ला ?

काठमाडौं । विद्युतीय कार अहिले पेट्रोल कारको तुलनमा दोब्बर महंगो छ । केही वर्षअघि ईभी ४ गुणासम्म महंगो थियो । अब चाँडै ईभी पेट्रोल कारभन्दा सस्तो हुने भएको हो ।

अमेरिकी एक रिसर्च एजेन्सी ‘गार्टनर’ले गरेको अनुषन्धानका अनुसार सन् २०२७ सम्ममा आइसीईभन्दा ईभीको उत्पादन लागत सस्तो हुनेछ । अहिले ईभी विकासमा कम्पनीहरुले सबैभन्दा धेरै लगानी गर्दै आएका छन् ।

गार्टनरका अनुसार सन् २०२७ सम्ममा ईभी ब्याट्रीको लागत एकदमै कम भहुने र नयाँ प्रविधिले गर्दा भेहिलकको बडी उत्पादन लागत पनि अत्यन्त कम हुनेछ । ईभी उत्पादनमा पछिल्लो समय विकास भएको ‘गिगा कास्टीङ टेक्नोलोजी’ले ‘म्यानुफ्याक्चरिङ र एसेम्बली’को समय एकदमै कम लाग्ने भएको छ ।

समयक्रमसँगै कुनै पनि ब्राण्डको सबै ईभी मोडलमा प्रयोगमा आउने ‘कमन स्केटबोर्ड आर्किटेक्च’को विकास हुने र त्यसपछि ईभीको मूल्य पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा कम हुनेछ ।

गिगा कास्टीङ टेस्ला लगायतका ईभी उत्पादक कम्पनीहरुले प्रयोगमा ल्याइसकेका छन् । टोयोटाले पनि गिगा कास्टीङ प्रविधिमा उत्पादन थालेको छ । यसबाट गाडीको तलको वेस एकै टुक्रामा बन्ने भएकाले उत्पादनमा सुव्यवस्थीत गर्नूका साथै रोवोटिक्सको काम समेत कम हुनेछ ।

ईभीमा जटिल इन्जिनको सट्टा इलेक्टीक मोटर मात्र हुन्छ । त्यसको कारण कम्पोनेन्ट समेत एकदमै कम लाग्ने भएकाले विद्युतीय कारको उत्पादन आइसीईको जस्तो जटिल रहेको छैन ।

अहिले सरकारले विद्युतीय साधनमा कर लगाएर नेपालमा मूल्य कम भइरहेको छ । तर, उत्पादन लागत कम हुँदै जानेर र सरकारले थोरै थोरै कर बढाउँदै जाँदा पनि मूल्य वृद्धि हुने छैन । त्यसले हाम्रो लागि यो सुखद समाचार हो ।


Back_to_top