‘फ्युचरिस्टिक मोबिलिटी’तर्फ मोडिएको चांगान ब्राण्ड, नेपालमा कस्तो पार्ला प्रभाव

काठमाडौं । चोंगकिंगको घना सहर नजिकै यांजी नदीको किनारमा एक सय ६० वर्षअघि एउटा अटोमोटिभ विरासतको जन्म भएको थियो । त्यहि कम्पनीले १५० वर्षमा विभिन्न आरोह–अवरोहको सामना गर्दै अनुसन्धान र खोजलाई पहिल्याउँदै आजका दिनमा विश्व अटोमोभिटभ पावर हाउसका रुपमा आफूलाई उभ्याउन सफल भएको छ ।

अहिले विश्वभर १६ स्थानमा उसका उत्पादन केन्द्र छन् । जहाँबाट चांगान ब्रान्डका पारम्परिक कार र विद्युतीय कार बन्छन् । उसले टेक्नोलोजी जायन्ट हुवावे, चर्चित ब्याट्री निर्माता सिएटीएलसँगको साझेदारीमा आफ्नो सब ब्रान्ड दिपल र अबतार स्थापन गरेर फ्युचरिस्टिक डिजायनमा विद्युतीइ कार उत्पादन थालेको छ ।

रिसर्च एन्ड डेभलपमेन्टमा उसले आफ्नो वार्षिक आयको पाँच प्रतिशत छुट्याउँदै आएको छ । जुन करिब ७ अर्ब अमेरिकी डलर हो । अमेरिका, जापान, इटाली र बेलायतसमेत गरेर संसारका १६ स्थानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरु छन् । जहाँ ३० देशका १७ हजार रिसर्चरहरुले काम गरिरहेको छन् ।

यी रिसर्चरहरुको बलमा चांगानले १० हजार तीन सय ११ वटा पेटेन्ट दर्ता गरेको छ । सन् २०२३ मा त उसले दैनिक २२ वटा पेटेन्ट दर्ता गरेको थियो ।

प्रतिरक्षादेखि चार पाङ्गे्सम्म

चांगानको सुरुवात सन् १८६१ मा सांघाईमा फोरेन गन ब्युरोका रुपमा भएको थियो । त्यसलाई किंग वंशका चर्चित नेता तथा सेना प्रमुख लि होंगझांगले स्थापना गरेका थिए । यसको उद्देश्य साम्राज्य शक्तिलाई सुरक्षाका वस्तुहरु आपुर्ति गर्नु थियो ।

भूराजनीतिक छाल सरेपछि यो व्यापार सुझाउ र पछि नान्जिंगमा सर्यो र त्यहाँ उसको उत्पादन क्षमता बढाइयो । जियालिंग मेसिनरी म्यानिफ्याक्चरिंग ब्युरो सुरु भएपछि भने उसले सुरक्षाका वस्तु मात्र होइन गाडीको एसेम्बली पनि सुरु गर्यो ।

‘ट्वेन्टी फस्ट आर्सनल’

युद्ध र हमलाका बीच यो कारखाना चोंगकिंगमा स्थानान्तरण भयो । पछि यसलाई ‘ट्वेन्टी फस्ट आर्सनल’ भन्न थालियो । दोस्रो विश्व युद्ध पछि जापानीले चीन छाडे र कम्युनिस्ट सत्तामा आयो । चिनियाँ जनसेनाको ४५६ औं प्लान्टले चांगानको विरासतलाई अघि बढाउने काम गर्यो ।

सन् ५० को दशकको अन्तमा यो काराखानाले महत्वपूर्ण निर्णय लियो । आइकनिक जीपबाट प्रभावित भएर उसले आफ्नै डिजाइनको गाडी बनाएर चांगान अन्ततः अटो विश्वमा प्रवेश गर्यो ।

अटोमोटिभ विकास

चांगानको पहिलो कार चांगजियाँ टाइप ४६ कारखानाबाट सन् १९५९ मा रोल अफ भयो । यो अनिश्चित सुरुआत थियो तर, यसले गति लियो । सन् १९८०को दशकमा उत्पादन दर तीव्र बन्यो र चांगान चिनियाँ अटोको नेतृत्वमा आउन थालिसकेको थियो । गुणस्तर र किफायति प्रतिको प्रतिबद्धताले यो ब्रान्ड चिनियाँ उपभोक्तामाझ चम्किएको हो ।

चुनौती र जित

चांगानको सफलताको बाटो अवरोधहरुले नभरिएको होइन । आर्थिक सुधार, बजार उदारिकरण तथा चर्को प्रतिस्पर्धालाई सामना गर्न चुस्तता आवश्यक थियो । चांगानले यी चुनौतीमाथि जित हासिल गरेर आफ्नो पोर्टफोलियोको दायरा फराकिलो मात्र गरेन विश्ववजारमा विस्तार पनि भयो । चांगानले बनाएको बेनबेन नामको कम्प्याक्ट ह्याचब्याक चीनको घरपिच्छे थियो । सुजुकी र फोर्डसँगको संयुक्त लगानीले चांगानको उचाइलाई अझ माथि पुर्यायो ।

विश्वव्यापी महत्वकांक्षा

चांगानको विश्व पदचाप विस्तारै फैलिदै गयो । माज्दा, पीएसए (पुजो सिट्रोन) र फोर्डसँगको सहकार्यले उसको स्थान झन् बलियो हुन थाल्यो । चांगान सीएस७५ एसयूभीको डिजाइन र इन्जिनियरिंग विशिष्टताका कारण चांगानको धेरै प्रशंसा भयो । चीनको सबैभन्दा ठूलो अटो निर्माताका रुपमा चांगानको प्रभाव विश्वभर गुन्जन थाल्यो ।

भविष्यको डिजाइन

हरेक सफल ब्रान्डको पछाडि दूरदृष्टि डिजाइनहरु हुन्छन् । चांगानको डिजाइन निर्देशक ओलिभर साम्सनमा यो छवि थियो । उसको टिमले परम्परालाई आविष्कारसँग समीश्रण गरेर संस्कृति झल्कने कारहरु बनाएको थियो ।

एक अन्तर्वार्तामा साम्सनले भनेका थिए, ‘भविष्यलाई अंगाल्दा हामीले हाम्रो सम्पदाको सम्मान गर्नु पर्छ । हाम्रो डिजाइनले लाखौं मानिसको चाहनालाई प्रतिविम्बित गर्ने हाम्रो भावना बोल्छ ।’

अबको बाटो

चांगानको रुपान्तरण जारी छ । सांग्रिला प्लान नामको इन्टेलिजेन्ट नीतिले यो ब्रान्डलाई भविष्यमा अगाडि बढाउने लक्ष्य राखेको छ । इलेक्ट्रीक भेहिलक, स्मार्ट प्रविधि र ग्लोबल पार्टनरशिपमार्फत चांगानले अर्को अध्यायलाई अँगालेको छ ।

पछिल्लो समयमा चांगानले ब्याट्री निर्माता सीएटीएल र टेक्नोलोजी जायन्ट हुवावेसँग सहकार्यमा दिपल ब्रान्डका इन्टेलिजेन्ट र फ्युचरिस्टिक कारको निर्माण गरेको छ । साथै, निकट भविष्यमा अवतार ब्रान्डका हाइ एन्ड स्मार्ट कार पनि बजारमा ल्याउने तयारी गरिरहेको छ ।

नियोसँग मिलेर ईभीका लागि ब्याट्री स्वाप गर्ने प्रविधिको पनि विकास गरिरहेको छ । यसरी चांगानले हरित यात्रा र भविष्यका लागि रुपान्तरणको बाटो अँगालिसकेको छ । चोंगकिंगमा घाम अस्ताउँदा, चांगानको नयाँ युगको उदय भएको छ ।

नेपाल अर्को गन्तब्य

चांगानका उत्पादन नेपाल प्रबेश गरेको तीन वर्ष भएको छ । यो तीन वर्षमा परम्परागत कार बिक्रीमा ठूलो पड्को नमारेपनि दिपल ब्राण्डको साथ इलेक्ट्रीक कार बजारमा चांगान प्रबेश गर्ने अन्तिम तयारी गरिरहेको छ ।

कम्पनीले नेपाल ल्याएको दिपल एस७ ले फ्यूचरिष्टीक डिजाइन र लग्जरीसँगै उत्कृष्ट मूल्य अफर गर्दै नेपाली उपभोक्ताको मन जित्ने योजना बुनिरहेको बुझ्न कठिन छैन । यहि अप्रिल महिनाको अन्तिमबाट बिक्री सुरु हुन लागेको दिपल एस७ ले कस्तो नतिजा दिन्छ, त्यो थाहापाउन भने केही दिन कुर्नु पर्ने हुन्छ ।


Back_to_top