इसुजु भी-क्रसको नयाँ संस्करण सार्वजनिक, मूल्य ७० लाख ९० हजार

काठमाडौं । नेपालका लागि इसुजु गाडीको अधिकृत बिक्रेता कन्टिनेन्ट ट्रेडिङ इन्टरप्राइजेज प्रालिले भी-क्रसको परिष्कृत संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले नयाँ भी-क्रसको मूल्य ७० लाख ९० हजार रुपैयाँ मूल्य तोकेको छ ।

इसुजुले नयाँ भी-क्रसमा २० नयाँ फिचर थप गरेको जनाएको छ । आज सार्वजनिक भएको यो गाडीको बुकिङ खुल्ला भएको छ । २.५ लिटर क्षमताको डिजेल इन्जिन यसमा उपलब्ध रहेको छ । उक्त इन्जिनले अधिकतम १३४ हर्स पावर र ३२० एनएम टर्क प्रदान गर्छ । पाँच स्पिड म्यानुयल गियरबक्स रहेको यो गाडीमा फोर ह्वील ड्राइभ मोड पनि उपलब्ध छ ।

भी-क्रसको नयाँ भर्सनमा अगाडि नयाँ ग्रिल दिइएको छ । बी-एलइडी हेडल्याम्प र क्रोम बेजेल सहितको फगल्याम्प, एलइडी टेलल्याम्प र अपग्रेडेड क्रोम बम्पर यसमा उपलब्ध छ । १८ इन्चको डायमन्ड कट अलोय ह्वील, रुफ-रेल र सार्क फिन एन्टेना जस्ता इन्टेरियर फिचरले यसलाई उत्कृष्ट बनाएको छ ।


Back_to_top