ओमोडा/जेकोको दुई मोडल पोखरामा बिक्री सुरू

पोखरा । ओमोडा र जेको गाडी पोखरा डिलर इलाइट मोटर्सले एक कार्यक्रम आयोजना गरेर पहिलो इलेक्ट्रीक अफरोडर एसयूभी जे–६ र कम मूल्यको ओमोडा ई-५ डिलक्स भेरियन्ट एक साथ सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठसँगै विशेष अतिथि एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडाको उपस्थिति थियो । साथै, इलाइट मोटर्सका चेयरम्यान गोपाल बराल र म्यानेजिङ डाइरेक्टर शिव बरालले गाडी सार्वजनिक गरेका थिए ।

गाडी सार्वजनिक पछि इलाइट मोटर्सका चेयरम्यान गोपाल बरालले भने, ‘हामीले ओमोडा ई५ र जेको जे६ का लागि उत्साहपूर्ण र सकारात्मक प्रतिक्रिया पाएका छौं । ग्राहकका लागि एक्सचेन्ज र फाइनान्स लगायतका सुविधासँगै ईभी टेक्नोलोजीमा आएका पछिल्ला प्रगति समेत एकै स्थानमा सहज तरिकाले उपलब्ध गराउनेछौं ।’

केही महिना भित्रै सर्भिस सेन्टर पनि संचालनमा आउने र पोखरा क्षेमा रहेका ग्राहकलाई अत्याधुनिक प्रविधिसहितको सवारी र सर्भिस दिने उनको दावी थियो ।

कार्यक्रममा एसपीजी अटोमोबाइल्सका डाइरेक्टर गौरव शारडाले आफुहरु नेपालभर एड्भान्स टेक्नोलोजी र इनोभेटिभ डिजाइन सहितका सवारी साधन र त्यसको लागि आवश्यक चार्जिङ स्टेसन तथा सर्भिस स्टेसन निर्माणमा प्रतिवद्ध रहेको बताएका थिए ।

‘पोखरामा इलाइट मोटर्सले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सहितको वान-स्टप सुविधा उपलब्ध गराएको छ । पोखराका साथै नेपालभर १५ भन्दा बढी सर्भिस नेटवर्क छन् भने आगामी केही महिना भित्रै ५० भन्दा बढी क्षेत्रमा हाम्रो चार्जिङ स्टेसन विस्तार गर्नेछौं’, सारडाले भने ।

पोखरामा सार्वजनिक भएको ओमोडा ई५ डिलक्स भेरियन्टको मूल्य ५५ लाख ९९ हजार तोकिएको छ । जेको जे६ को प्रारम्भिक मूल्य ६९ लाख ९९ हजार रुपैयाँ छ र थप ३ लाख रुपैयाँ फेस्टिभ डिस्काउन्ट उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

जेको जे-६मा १३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ, यसले अधिकतम २२० एनएम टर्क दिन्छ । यसले ० देखि १०० किलोमिटर दुरी १०.५ सेकेन्डमै पार गर्ने जे-६ मा ६ एयरब्याग, एबीएसदेखि ३६० डिग्री क्यामेरा र सेन्सरहरु दिइएको छ ।


Back_to_top