काठमाडौं । नेपालका लागि भेस्पा स्कुटरको आधिकारिक वितरक कम्पनी डेल्टा अटोकर्पले आउँदै गरेको चाडपर्बलाई लक्षित गरि ‘खुशी तीन गुणा’ नामक फेस्टिभ अफर सार्वजनिक गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको यस अफर अन्तर्गत ग्राहकले भेस्पा स्कुटरको खरिदमा १० हजार देखि ७५ हजार रुपैयाँसम्म नगद रकम छुट पाउने छन् ।
साथै, भेस्पा स्कुटरको खरिदमा हरेक ग्राहकलाई कम्पनीले ६ हजार रुपैयाँ बराबरको स्मार्ट वाच उपहारको रुपमा पाउने छन् । भेष्पा किन्ने ग्राहक मध्येबाट हरेक हप्ता होनर २०० फाइभ जी मोडलको एउटा स्मार्ट फोनसमेत जित्ने अवसर रहेको कम्पनीले जनाएको छ ।
यसका अलावा कम्पनीले बम्पर उपहारको रुपमा कप्पलका लागि ५ दिनको वाली टुर जित्नसक्ने अवसर पनि ल्याएको छ ।
यस अफरमा ग्राहकले आफुसँग भएको पुरानो जुनसुकै मोडलको मोटरसाइकल वा स्कुटर ल्याएर भेस्पा स्कुटरसँग एक्स्चेन्ज गर्न सक्ने छन् । कम्पनीले ग्राहकको सहजताको लागि ईजी फाइनान्स सुविधा पनि उपलब्ध रहेको जनाएको छ ।

