जेसिबीका हेभी इक्युपमेन्ट २०% डाउन पेइमेन्टमा

काठमाडौं । नेपालका लागि जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्सले २० प्रतिशत डाउनपेमेन्टमा जेसीबी मेसिन खरिद गर्न सकिने योजना ल्याएको छ ।

यो योजना अनुसार ग्राहकले मात्र २० प्रतिशत डाउन पेमेन्टमा जेसीबी ब्रान्डका मेसिन खरिद गर्न पाउनेछन् । यसअघि यस्तो मेसिन २० प्रतिशत डाउनपेमेन्टमा खरिद गर्न पाउने योजना नरहेको कम्पनीको दाबी छ ।

जेसीबीको नयाँ अफरमा एनसीसी बैंकले फाइनान्स सुबिधा उपलब्ध गराउने भएको छ । यसको लागि बुधबार एमएडब्लु अर्थमुभर्सका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले समझदारी पत्रमा हस्ताक्षर गरे ।

यो योजना अनुसार ग्राहकले जेसीबी मेसिन खरिद गर्दा एनसीसी बैंकमा मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गर्दा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी दिए ।


Back_to_top