जीपको नयाँ एसयूभी तयार हुँदै, नयाँ नाममा आउने

काठमाडौं । जीपले ७ सिट क्षमताको नयाँ एसयूभी ल्याउने तयारीलाई अन्तिम चरणमा पुर्याएको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् । यसअघि जीप कम्पासको ७ सिट क्षमताको नयाँ मोडल आउने भनिएपनि कम्पनीले यसमा ‘कम्पास’ नाम प्रयोग नगर्ने भएको छ ।

जीपको नयाँ एसयूभी कम्पास बनाइएको ‘मोनोक्यूक’ प्ल्याटफर्ममा नै बनाइएको छ । तर, बजारमा यसको फरक प्रतिस्पर्धी रहने छन् । यसले बजामा टोयोटा फर्चुनर र फोर्ड एन्डोभर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

जीपले यसलाई ‘डि सेग्मेन्ट’ एसयूभी भनेको छ । कम्पनीले यसलाई कम्पासाको तुलनामा धेरै फिचरहरु दिएर बजारमा ल्याउने तयारी गरेको छ । यसमा कम्पासको तुलनामा ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, पानारोमिक सनरुफ, १८ इन्चको अलोय ह्वील, क्रुज कन्ट्रोल जस्ता फिचर यसमा समावेस हुने छन् ।

कम्पनीले यसको आधिकारीक डिजाइन बाहिर ल्याएको छैन । तर, धेरै हदसम्म यसको डिजाइन कम्पासको फेसलिफ्ट मोडलसँग मिल्दो जुल्दो हुने छ । तर, यसमा कस्मेटिक परिमार्जन भने धेरै हुने अनुमान लगाउन सकिन्छ ।

जीपले यसमा २.० लिटर, फोर सिलिण्डर मल्टीजेट टर्बो डिजेल इन्जिन दिने छ । यसले अधिकतम २०० हर्स पावरको शक्ति प्रदान गर्ने बताइएको छ । यसमा ९ स्पीड टर्क कन्भर्टर गियरबक्स रहने छ ।

नेपालमा पनि जीपका उत्पादन विक्री वितरण हुँदै आएका छन् । लाइफ अटोमोवाइलले विक्री गर्दै आएको जीपको कम्पास, रुवीकन, ग्राण्ड चेरोकी जस्ता मोडल अहिले नेपालमा विक्री हुने गरेको छ । यस्तोमा जीपले भारतमा उत्पादन गर्ने ७ सिट क्षमताको नयाँ एसयूभी पनि नेपाल आउने पक्का रहेको छ ।


Back_to_top