काठमाडौं । अमेरिकी एसयूभी एक्सपर्ट जीपले उत्पादन गरेको पीकअप नेपाल आउने भएको छ । कम्पनीले अबको केही दिन भित्रै ग्लाडियटर पीकअप नेपाली बजारमा ल्याउन लागेको हो ।
जीपको लागि नेपालको आधिकारीक वितरक एमएडब्लू लाइफले जीप ग्लाडियटर पीकअप नेपाल ल्याउने भएसँगै पीकअप खोज्ने ग्राहकलाई अर्को एउटा अप्सन थप हुने भएको छ ।
कम्पनीले नेपाल ल्याउने ग्लाडियटर निकै पावरफुल हुनेछ । यसमा ३.६ लिटर क्षमताको भि ६, टर्बो पेट्रोल इन्जिन रहने छ । उक्त इन्जिनले २८९ पीएस पावर प्रदान गर्नेछ ।
कम्पनीले नेपाल ल्याउन लागेको पीकअपमा के कस्ता फिचर समावेस गरिएको छ भन्ने विषयमा कुनै जानकारी दिएको छैन । अन्तर्राष्ट्रिय बजारको मूल्य र नेपालमा लाग्दै आएको सरकारी करलाई हिसाव गर्दा यसको मूल्य १ करोड ७० लाखदेखि १ करोड ८० लाखको बीचमा रहेर मूल्य निर्धारण हुने अनुमान गर्न सकिन्छ ।
एमएडब्लू लाइफले अहिले जीपको भारतीय उत्पादन कम्पासको विभिन्न भेरियन्टको अलावा अमेरिकामा उत्पादन भएको ग्राण्ड चेरोकी र र्याङलरको पनि विक्री वितरण गर्दै आएको छ ।


