जीपले नेपालमा विक्री गर्दै १२ भेरियन्टको एसयूभी, यस्तो छ सबै भेरियन्टको मूल्य

काठमाडौं । लाइफ अटोमोवाइल प्रालिले जीपको ३ मोडलको १२ भेरियन्ट नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले जीप कम्पास, जीप र्‍याङलर र ग्राण्ड चेरोकीको विभिन्न १२ भेरियन्ट बिक्री गर्दै आएको छ ।

कम्पनीले भारतमा उत्पादन हुने जीप कम्पास र अमेरिकामा उत्पादन भएको र्‍याङलर र ग्राण्ड चेरोकी नेपाली बजारमा विक्री वितरण गर्दै आएको हो । कम्पनीले कम्पासको ५ भेरियन्ट डिजेल इन्जिनमा र ३ भेरियन्ट पेट्रोल इन्जिनमा विक्री गर्दै आएको छ । जीप र्‍याङलर र ग्राण्ड चेरोकी लिमिटेड भने पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहेको छ ।

जीपको आधिकारक विक्रेताले कम्पासको पेट्रोल इन्जिनयुक्त स्पोर्ट प्लस भेरियन्टको मूल्य ७५ लाख ९० हजार, लङ्गिट्यूट भेरियन्टको ८९ लाख ९० हजार र लिमिटेड प्लसको ९९ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर बिक्री गर्दै आएको छ ।

डिजेल इन्जिन भएको कम्पास लङ्गिट्यूट टु ह्वील ड्राइभ अप्सनको ९५ लाख ४० हजार, लिमिटेड प्लस टु ह्वील ड्राइभको १ करोड ५ लाख ९० हजार, लिमिटेड प्लस फोर ह्वील ड्राइभको १ करोड १५ लाख ५० हजार र अटोमेटिक लिमिटेड प्लस फोर ह्वील ड्राइभको १ करो १८ लाख ९० हजार रुपैयाँ मूल्य तोकेको छ ।

कम्पनीले अमेरिकामा बनेको र्‍याङलर अनलिमिटेड सहाराको २ करोढ ३९ लाख ९० हजार, अनलिमिटेड रुबीकनको २ करोड ६३ लाख ४० हजार र र्याङलर रुबीकनको २ करोड ५७ लाख ९० हजार रुपैयाँ मूल्य तोकेको छ ।

ग्राण्ड चेरोकी भने एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य कम्पनीले २ करोड ५९ लाख ९० हजार निर्धारण गरिएको छ ।


Back_to_top