भारतमा सार्वजनिक भयो जिप र्याङ्लर जेएल, सुरुवाती मूल्य ६३ लाख ९४ हजार

भारतमा जिप र्याङ्लर जेएल  सार्वजनिक भएको छ । जिपले पाँच डोर भर्सनको र्याङ्लर जेएलको मूल्य ६३ लाख ९४ हजार भारती रुपैयाँ तोकेको छ ।

पुरानो मोडलको तुलनामा १३० एमएम लामो, १७ एमएम फराकिलो, ९ एमएम अग्लो यो मोडलमा पुरानो मोडलको भन्दा ६१ एमएम धेरै ह्वीलवेश दिइएको छ ।  एप्र्रोच एगंल, ब्रेक ओभर एगंल क्रमश ४१.८ डिग्री, २१ डिग्री  र ३६.१ इन्चको डिपार्चर एगंल दिइएको छ ।

यसमा उपलब्ध २.० लिटर जिएमइ टि–फोर टर्बाेचाज्र्ड इन्जिनले २६८ हर्ष पावर र ४०० एनएम टर्क  उत्पादन गर्छ । यसमा ८ स्पिड अटोमेटिक ट्रान्समिसन लगाइएको छ ।

फोर ह्वील ड्राइभ सिस्टममा आएको जिप र्याङ्लरमा एलइडी हेडल्याम्प, एलइडी डिआरएल एस १८ इन्च अलोय ह्वील, ग्रान्टी क्रिष्टल स्पोक, एलइडी टेलल्याम्प, इन्टेरियर लाइट, ब्ल्याक अपहोलस्ट्रि, ८.४ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जस्ता विशेषता दिइएको छ । 

यस्तै, यसमा एप्पल कार प्ले, एन्ड्रोइड प्ले, ह्यान्डल एन्ड नब, वेदर रुफ पुसबटन, डबल जोन क्लाइमेट, ९ स्पिकर अल्पाइन म्युजिक सिस्टम जस्ता विशेषता दिइएको छ । सुरक्षालाई मध्यजर गर्दै  र्याङ्लर जेएलमा रिभर्स पार्किङ क्यामरा, इएससि, डबल फ्रन्ट साइड एयरब्यागको विशेषता दिइएको छ ।


Back_to_top