जेएमसीको ‘भिगस प्लस’ पीकअप नेपालमा

काठमाडौं । जगदम्बा मोटर्सले चिनियाँ ब्राण्ड जेएमसीको भिगस प्लस पीकअप नेपाल ल्याएको छ । कम्पनीले नेपाल ल्याएको पीकअप झट्ट हेर्दा फोर्डको रेन्जरबाट प्रेरित मोडल हो ।

चिनियाँ बजारमा जेएमसी र फोर्ड बीच सहकार्य हुँदै आएको छ । त्यसैले जेएमसीमा फोर्डको फ्लेवर पाउन सकिन्छ । जेएमसीले भिगस प्लस मोडलको फ्रन्टमा ठूलो ग्रिलको साथ एयर इन्टेक दिएको छ । साथै, सिल्भर कलरको लोअर स्कीड प्लेट, स्पोर्टी बडी डिजाइन, १८ इन्चको अलोय ह्वील, क्रोम सहितको डोर ह्याण्डल दिएको छ ।

अटोमेटीक एलइडी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, रेन सेन्सीङ वाइपर, क्रुज कन्ट्रोल, रिभर्स क्यामेरा, टायर प्रेसर मोनिटरिङ, एयरव्याग, एबीएस, इबीडी, चार वटै चक्कामा डिस्क ब्रेक, बोस्चको ट्रायाक्सन कन्ट्रोल, हिल होल्ड एसिस्ट जस्ता फिचर यसमा पाउन सकिन्छ ।

जेएमसीले भिगस प्लस पीकअपमा कोर्टिकल स्टेरिङ ह्वील, फोर स्पीकर, आरामदायी सिट, २२५ एमएमको ग्राउन्ड क्लीयरेन्स, फोर ह्वील ड्राइभ सिस्टम दिइएको छ ।

अन्तर्राट्रिय बजारमा जीएल र एलएक्स भर्सनमा उपलब्ध भिगस प्लस मोडलमा २.४ लिटर क्षमताको डिजेल इन्जिन उपलब्ध छ । उक्त इन्जिनले अधिकतम ३६०० आरपीएममा १४० पीएस पावर र १६०० देखि २४०० आरपीएममा ३१० न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स उपलब्ध छ ।

पछिल्ला दिनमा एकपछि अर्को नयाँ ब्राण्डले पीकअप नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । फोटोन, जेएसी, चांगन जस्ता ब्राण्डसँगै जेएमसी पनि पीकअप बजारमा नयाँ प्रतिस्पर्धी थपिएको छ ।


Back_to_top