हुन्डाई भेन्यू बन्यो भारतमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी

काठमाडौं । हुन्डाई भेन्यू जुलाई महिनामा भारतमा सर्वाधिक बिक्री हुने कम्प्याक्ट एसयूभी बनेको छ । जुलाई महिनामा भेन्यू ९ हजार ५ सय ८५ युनिट बिक्री भएको थियो ।

यसका प्रतिस्पर्धी मोडल सुजुकी भिटारा ब्रेजा ५ हजार ३ सय २ युनिट बिक्री भएको छ भने महिन्द्रा एक्सयूभी–३०० ४ हजार ४६४ युनिट बिक्री भएको छ ।

भारतीय बजारमा भेन्युले सुरुवात देखिनै राम्रो बजार पाइरहेको थियो । बुकिङ्ग खुलाएको २४ घन्टामा २ हजार युनिट बुकिङ्ग भएको यो मोडल ६० दिनमा ५० हजारभन्दा बढि बुकिङ्ग भएको थियो ।

ग्राहकको विशेष रोजाइमा परेको भेन्यूमा ब्ल्यु लिंक टेक्नोलोजी, दिइएको छ । भेन्यू १.० लिटर टर्बो पेट्रोल, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल गरी ३ इन्जिन अप्सनमा उपलब्ध रहेको छ । यसमा प्रयोग भएको १.० लिटर टर्बो पेट्रोल इन्जिनले १२० पीएसको पावर दिन्छ । भने ७ डीसीटी र म्यानुअल ट्रान्समिशन दिइएको छ । 

यसमा दिइएको १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएस पावर र ११५ एनएमको टर्क जनेरेट गर्छ र यो इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिशन समावेश गरिएको छ ।

१.४ लिटर डिजेल इन्जिनले ९० पीएसको पावर  र २२० एनएम टर्क जेनेरेट गर्छ । 

कम्पनीले यसमा ३३ स्मार्ट कनेक्टेड फिचर प्रदान गरेको छ । यति मात्र होइन यसमा उपलब्ध कनेक्टिभिटी टेक्नोलोजीमा एआईमा आधारित भ्वाइस कमान्ड, लोकेशन ट्रयाक सर्भिस, सेफ्टी र अन्य फिचर पनि उत्कृष्ट रहेको छ । नेपाली बजारमा भेन्यू आगामी अटो शोमा सार्वजनिक हुनेछ ।


Back_to_top