काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ११.९९ प्रतिशत अटो लोन दिने भएको छ । बैंकले चार पाँग्रे सावरी किन्न चाहाने ग्राहक लक्षित गर्दै सस्तो व्याजदरमा सवारी कर्जा उपलब्ध गराउने भएको हो ।
बैंकका सूचना अधिकारी घनश्याम ढुंगेलले निजी सवारी किन्न चाहाने ग्राहकलाई आठ वर्षसम्मको कर्जा उपलब्ध गराउने जानकारी दिएका हुन् । उनले नेपाल राष्ट्र बैंक जारी गरेको अटो लोनको व्यवस्था अनुरुप नै बैंकले ५० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्न व्यवस्था गरेको जानकारी दिए ।
बैंकले पछिल्लो यसम बाणिज्य बैंकहरुले अटोलोन प्रबाहमा कडाई गरेसँगै विकास बैंकहरुले आफ्नो वेसरेटमा केही थपगरी कर्जा प्रबाह गरिरहेका छन् । सवारीसाधन किन्न चाहने ग्राहकले लोन प्रक्रिया सुरु गरेको केही दिनमा नै बिना भन्झट कर्जा पाउने कम्पनीले जनाएको छ ।
देशभर रहेका कामना सेवा विकास बैंकको शाखाबाट अटो लोन लिन सकिने छ । त्यस्तै बैंकले ११.९९ प्रतिशतमा घर कर्जा समेत दिने भएकाे छ । कामना विकास बैंकले हाल देशभर ८३ ओटा शाखा संचालनमा ल्याएको छ ।

