काठमाडौं । कान्ति लोकपथ ६० दिनसम्म दैनिक ६ घण्टा बन्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले एक सूचना जारी गर्दै कान्ति राजमार्ग सडक योजना एकान्तकुनाको कार्यक्षेत्रमा पर्ने सडक विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा ६० दिनसम्म सवारी आवागमन बन्द हुने जानकारी गराएको हो ।
सार्वजनिक सूचना अनुसार मंसिर २० गतेदेखि आगामी ६० दिनसम्म दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म) उक्त सडक खण्ड पूर्ण रुपमा बन्द हुने भएको हो ।
सडकको प्राविधिक कार्य छिटो तथा प्रभावकारी रूपमा सम्पन्न गर्न बाटो बन्द गरिएको प्रशासनले जनाएको छ।
यस अवधिमा उक्त राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधन तथा यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।


