नेपालमा बिक्री सुरु भयो नयाँ डर्ट बाइक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । डर्ट मोटरसाइकलमा युवाहरुको आकर्षण बढ्दै गएसँगै नयाँ ब्राण्डको मोटरसाइकल नेपाल आएको छ । ‘कासका’ ब्राण्डका दुई डर्ट मोटरसाइकल नेपाल आएको हो ।

स्टाइल ट्रेड लाइनले नेपाल ल्याएको कासका ब्राण्डका २०० सीसी र २५० सीसी क्षमताका दुइ डर्ट बाइकको नेपालमा बिक्री सुरु भएको हो ।

कम्पनीले कासाका २०० र कासाका २५० डर्ट मोटरसाइकल नेपालमा बिक्री सुरु गरेको हो । २५० सीसी सेग्मेन्टमा रहेका अन्य मोटरसाइकललाई यसले कडा टक्कर दिने अनुमान गरिएको छ ।

यस्तो छ कासका २५०

कासाका २५० मा २२३ सीसी सिंगल सिलिन्डर ४ स्ट्रोक एयर कुल्ड इन्जिन रहेको । यो इन्जिनले ७५०० आरपीएममा १६ बीएच पावर र ६५०० आरपीएममा १६ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ भने यसको टप स्पीड १०५ किलोमिटर प्रतिघन्टा रहेको छ ।

यसमा १० लिटरको फ्यूल ट्याङक रहेको छ । फ्रन्ट तथा रियर दुवै स्पोक ह्वील रहेको कासाका २५० को दुबै चक्कामा डिस्क ब्रेक दिइएको छ । यसको फ्रन्टमा टेलिस्कोपिक फ्रन्ट सस्पेन्सन र रियरमा मोनोसक सस्पेन्सन रहेको छ ।

२०० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस बाइकको सिट हाइट ८७० एमएम रहेको छ । कम्पनीले यसको मूल्य ४ लाख १५ हजार निर्धारण गरेको छ ।


Back_to_top