नयाँ जेनेरेशन क्रेटाको बिक्री बढेसँगै भारतमा हुन्डाईको बिक्री २०%ले बढ्यो

अगस्ट महिनाको कार बिक्रीकाे रिपोर्ट भारतमा सार्वजनिक भएको छ । कोरियन अटो जाइन्ट हुन्डाई भारतमा दोस्रो ठूलो मोटर उत्पादक कम्पनी हो ।

कम्पनीले अघिल्लो वर्ष अगष्टको तुलनामा २० प्रतिशत बढी गाडी बिक्री गरेको तथ्यांक बाहिर आएको छ । यो बिक्री खुद्रा बिक्री भने होइन ।

नयाँ जेनेरेशन क्रेटा र ग्राण्ड आई १० मा भएको बढोत्तरीले हुन्डाईको समग्र बिक्रीमा बढोत्तरी आएको हो । कम्पनीले अगस्टमा ४५ हजार ८०९ यूनिट गाडी बिक्री गरेको छ । गतवर्ष २०१९ अगष्टमा यस्तो बिक्री ३८ हजार २०५ यूनिट थियो ।

कम्पनीले अगष्ट महिनामा हुन्डाई क्रेटा ११ हजार ७५८ यूनिट बिक्री गरेको छ भने ग्राण्ड आई १० १० हजार १९० यूनिट बिक्री गरेको छ । यी दुबै मोडल भारतमा धेरै बिक्री हुने १० मोडलको सूचीमा परेका छन् ।

यी मोडका अलावा हुन्डाई भेन्यू, भर्ना, अउरा, एलान्ट्रा, टुसान, आई २० लगायतका मोडल बिक्री भइरहेका छन् ।


Back_to_top