काठमाडौं । केटीएम मोटरसाइकलको लागि नेपालको आधिकारकि वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले केटीएम ड्यूक २०० को बीएस६ मोडल नेपाल भित्र्याएको छ ।
जारी निषेधाज्ञाका कारण उक्त मोटरसाइकलको बिक्री सुरु हुन भने अझै केही समय लाग्ने भएको छ । यसअघि कम्पनीले बीएस ४ केटीएम ड्यूक २०० सोल्ड आउट भएसँगै बीएस ६ भर्सनको बुकिङ खुल्ला गरेको थियो ।
कम्पनीले ड्यूक २०० बीएस६ भर्सनको मूल्य ५ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
बीएस ६ ड्यूक २०० ग्राहकले पुल्चोक र नक्सालमा रहेको केटीएमको आधिकारिक शोरुमबाट बुकिङ गर्न सक्ने छन् । टोकन रकम ३० हजार रुपैयाँ बुझाएर यो मोटरसाइकल बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ । हाल सबै शोरुम बन्द रहेको छ भने ग्राहकले कम्पनीको आधिकारीक वेवसाइट मार्फत बुकिङ गर्न सक्ने छन् ।
बीएस ६ केटीएम ड्यूक २०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । त्यस्तै यसमा ड्यूल च्यानल एबीएस रहेको छ ।
निषेधाज्ञा अन्त्य भएर यातायात कार्यालय संचालनमा आएपछि मोटरसाइकल बिक्री हुने कम्पनीले जनाएको छ । बिक्री सुरु हुने भएसँगै नेपाल आउने २०० सीसी सेग्मेन्टको पहिलो बीएस६ प्रदुषण मापदण्ड युक्त मोटरसाइकल हुने छ ।

