टोयोटा कोरोलाको ५४ वर्षः सेडान, ह्याचव्याक हुँदै क्रसओभरमा, नेपालमा बिक्री सुरु हुँदै

काठमाडौं । सन् १९६७ बाट नेपालमा आधिकारी बिक्री सुरु भएको टोयोटा विश्व प्रसिद्ध ब्राण्ड हो । विश्व बजारमा धेरै वर्षदेखि सर्वाधिक कार बिक्री गर्ने कम्पनीको रुपमा रहदै आएको टोयोटा कोरोला परिचित सेडान कार हो ।

यी ५४ वर्षमा करिब ४ करोड ७० लाख यूनिट कोरोला विश्व बजारमा बिक्री भएको मानिन्छ । टोयोटाले विश्वबाट सेडानकारको मागमा कमी आउन थालेसँगै कोरोलाको ह्याचव्याक मोडल बजारमा उतारेको थियो । अब भने कम्पनीले यसको क्रसओभर एसयूभी मोडल समेत बजारमा ल्याएको छ ।

सन् १९६६ मा पहिलो पटक कोरोलाको उत्पादन सुरु भएको थियो । नेपालमा पनि सन् १९६७ मा आएको पहिलो मोडल कोरोला नै हो ।

पहिलो जेनेरेशन आएको ४ वर्षपछि कम्पनीले सेकेन्ड जेनेरेशन कोरोला बजारमा ल्याएको थियो । तेस्रो जेनेरेशन १९७४, चौथो जेनेरेशन १९७९, पाँचौ जेनेरेशन १९८३, छैटौँ जेनेरेशन १९८७, सातौँ जेनेरेशन १९९१, आठौँ जेनेरेशन १९९५, नवौँ जेनेरेशन २०००, दशौं जेनेरेशन २००६, ११ औं जेनेरेशन २०१२ र १२ औं जेनेरेशन २०१८ मा सार्वजनिक भएको हो ।

१२ औं जेनेरेशनबाट कोरोला ह्याचव्याक डिजाइनमा पनि आउन थालेको हो ।

कस्ता थिए इन्जिन

पहिलो जेनेरेशन कोरोलामा ११०० सीसी क्षमताको इन्जिन रहेको थियो । त्यसपछि दोस्रो जेनेरेशन मोडल १४०० सीसी क्षमताको इन्जिनमा आएको थियो ।

त्यसपछि ५ औं जेनेरेशन मोडलमा इन्जिनलाई अझै बढाएर १८३९ सीसी क्षमताको इन्जिन दिइएको थियो । तर, छैटौं जेनेरेशन मोडलमा पुन इन्जिन क्षमता घटाएर १३०० सीसी क्षमताको इन्जिन दिइएको थियो ।

११ औं जेनेरेशन मोडलमा १.३ र १.५ लिटर क्षमताका दुई इन्जिन अप्सन उपलब्ध रहेका थिए । यही जेनेरेशनलाई टोयोटाले हाइब्रिड इन्जिन अप्सनमा समेत ल्याएको थियो ।

अब पालो कोरोला क्रसको

निषेधाज्ञा नलागेको भए कोरोला क्रस नेपालमा बिक्री सुरु भइसक्ने थियो । सेडान कोरोला बिक्री सुरु भएको ५३ वर्षपछि टोयोटाले कोरोला क्रसको बिक्री सुरु गर्न लागेको हो । यसको इन्ट्री लेवल भेरियन्टको मूल्य १ करोड १२ लाख र कोरोला क्रस हाई भेरियन्टको मूल्य १ करोड ३३ लाख रुपैयाँ तोकेर बिक्री सुरु हुन लागेको हो ।

हाइब्रिड टेक्नोलोजीमा आउने यो क्रसओभर एसयूभी टोयोटा रस एसयूभीभन्दा माथिको मोडल हो । कोरोला क्रसमा १.८ लिटरको फोर सिलिण्डर पेट्रोल रेगुलर तथा १.८ लिटर कै पेट्रोल हाइब्रिड इन्जिनमा उपलब्ध रहेको छ । जसले क्रमशः १४० तथा १२२ एचपीको पावरका साथै १७५ एनएम टर्क जेनरेट गर्छ ।


Back_to_top