अरनिको यातायातको काठमाडौं-मन्थली बस सेवा अनिश्चितकालीन स्थगित

काठमाडौं । नेपाल अरनिको यातायात सेवा प्रालिले काठमाडौं-मन्थली बस सेवा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कम्पनीले एक सूचना जारी गर्दै काठमाडौंबाट खुर्कोट हुँदै रामेछापको मन्थलीसम्म संचालन हुने आफ्ना सम्पूर्ण बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी गराएको हो ।

मंगलबार रामेछापको मन्थली नगरपालिका-६, मसानटारमा भएको बस दुर्घटना र त्यसबाट सिर्जित सुरक्षा जोखिमका कारण क्यूमा चल्ने बस सेवा रोक्नु परेको कम्पनीले जनाएको छ ।

‘सुरक्षा जोखिम रामेछाप मन्थली न.पा.-६ मसानटार दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्यूहरू स्थगित गरिएको व्यहोरा सम्बद्ध सम्पूर्ण व्यवसायी, मजदुर, कर्मचारीहरूमा जानकारीको लागि आदेशानुसार सूचित गरिन्छ,’ कम्पनीले जारी गरेको सूचनामा भनिएको छ ।


Back_to_top