करिब १०० वर्ष पछाडि आएको भिषण बाढीले भारतको केरला राज्यमा १ लाख बाढि मानिस प्रभावित भएका छन् । बाढिका कारण हजारौं मानिसको मृत्यु भएको छ ।
उक्त बाढीले हालसम्म केरला राज्यको मात्रै २० हजार करोड भारतीय रुपैयाँ बराबर नोक्शान भएको विवरण बाहिर आएको छ । यसैबीच, बाढीले १ हजार करोड मुल्य बराबरको कार तथा अन्य सवारीसाधनमा क्षति पुगेको केरेला सरकारले जनाएको छ । केरला साउथ इन्डियालाई उत्कृष्ट प्यासेन्जर भेइकलको बजारमा लिने गरिन्छ ।
यस क्षेत्रमा संचालित डिलरहरु एकसातादेखि डुबानमा परेका छन् । राज्यमा संचालित ३ सय ५० डिलरशिपमा रहेका १७ हजार ५ सय कारमा पूर्णतया क्षति पुगेको छ । केरलामा रहेका अधिकासं कारको औषत मुल्य ६ लाख भारु रहेको छ ।
चारपांग्रे गाडीको डिलरमा मात्रै नभई मोटरसाइकल, स्कुटरलगायतका दुई पांग्रे सवारीसाधन बेच्दै आएका डिलरसमेत डुबानमा परेका छन् । बाढीमा डुबेका ७ सय डिलरले करोडौं मुल्य बराबरको नोक्शान व्यहोर्नु परेको छ । अत्याधिक व्यापार बढिरहेको समयमा बाढि आएको डिलरहरुले जनाएका छन् ।
केरला पुनः सामान्य अवस्थामा फर्कन अझ तिन महिनाभन्दा बढी समय लाग्ने भएकाले पनि संचालित डिलरले निक्कै ठूलो घाटा सहनुपर्ने अवस्था आएको छ ।
कम्पनीहरुले आफ्नो नोक्शान उपर गर्नको लागि इन्स्यारेन्सको दाबी गर्दै आएका छन् । फेडरेशन अफ अटो मोवाइल डिलर एशोसिएसनले बीमा कम्पनीसँग ७५ प्रतिशत बीमाको दाबी गरेको छ ।
‘केरला सामान्य अवस्थामा फर्कन २ देखि ३ महिना लाग्न सक्छ । डिलरलाई करोडौं रुपैयाँ घाटा लागेको छ । हामी आफ्नो डिलरमार्फत बैंक र इन्स्योेरन्स कम्पनीसँग इन्स्योरेन्सको दाबी गरिरहेका छौं । हामीले कम्तीमा ७५ प्रतिशत इन्स्यारेन्स जारी गर्न आग्रह गरेका छौं ।’ एसोसिएसनका वरिष्ठ कार्यकारी अधिकारीले भने ।

