कियाले देखायो इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी र सेडान

काठमाडौं । कियाले आफ्नो ‘वर्न ईभी’को एसयूभी लाइनअपमा इन्ट्री भेरियन्ट मोडल EV3 को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले कोरियामा ‘ईभी डे’ मनाउँदै नयाँ कन्सेप्ट सार्वजनिक गरेको हो ।

कोरियन निर्माताले EV3 र EV4 को कन्सेप्ट देखाएको हो भने EV5 को प्रोडक्सन भर्सन देखाएको छ । कम्पनीले पहिलो पटक पूर्ण सेडान EV4 को कन्सेप्ट देखाएको छ ।

किया EV3 को डिजाइन धेरै हदसम्म EV9 बाट प्रेरित देखिन्छ । कम्पनीले एउटै डिजाइन थेममा EV5 को प्रोडक्स भर्सन पनि देखाएको हो । कम्पनीले यसलाई निकै स्टाइलिस बक्सी लुक्समा तयार गरेको छ । कम्पनीले यसको इन्टेरियरमा नयाँ किसिमको प्रयोग गर्ने अनुमान गरिएको छ ।

कियाले देखाएको EV4 सेडान टेस्ला मोडल थ्रीसँग सिधा प्रतिस्पर्धा गर्ने मोडल हुने देखिएको छ । यसको डिजाइन भने धेरै हदसम्म किया EV6 बाट प्रेरित देखिन्छ । भर्टिकल आकारमा दिइएको हेडल्याम्प, ठूलो साइजको एयर इन्टेक र आकर्षक बम्परले यसलाई निकै उत्कृष्ट लुक्स प्रदान गरेको छ ।

स्पोर्टी सेडान सेग्मेन्टमा आउने EV4 को क्याविन पनि निकै क्लिन हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यसलाई सन् २०२५ को अन्त्यसम्ममा बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

EV3 र EV4 मा रहने मोटर, ब्याट्री लगायतका कुनै पनि विषयमा कम्पनीले आधिकारीक जानकारी दिएको छैन ।


Back_to_top