इटहरीमा किया र इसुजुको आधिकारी शोरुम संचालनमा

इटहरी । कियाले नेपालको पूर्वी सहरको इटहरीमा नयाँ शोरुम संचालनमा ल्याएको छ । इटहरीको ओम साई मोटोकर्पलाई अधिकारीक वितरक नियुक्त गरेको कियाले नयाँ शोरुम संचालनमा ल्याएको हो ।

ओम साई मोटोकर्पले किया र इसुजुका गाडी विक्री गर्ने छ । विगत ३ वर्षदेखि संचालनमा रहेको ओम साई मोटोकर्पले अब कोरियन किया र भारतमा उत्पादन भएका जापानी इसुजुका गाडी विक्री गर्ने छ । यी दुबै कम्पनीको नेपालको आधिकारीक विक्रेता भने कन्टिनेन्टल ट्रेडिङ प्रालि हो ।

ओम साई मोटोकर्पका संचालक पारशमणि गेलालका अनुसार पूर्वको बजारलाई विशेष ध्यान दिएर कोरियन र जापानी गाडी बिक्री सुरु गरेको हो । कम्पनीले किया सोनेट, सेल्टोस, स्पोर्टेज, कार्निभल जस्ता मोडल विक्री गर्ने छ । त्यसैगरि इसुजु डिम्याक्स सिंगलक्याव, डिम्याक्स डबलक्याव, हाइलयाण्डर, भि–क्रस जस्ता मोडलको विक्री वितरण गर्ने छ ।

ओम साई मोटोकर्प प्रालि सन् २०१८ को नेभेम्वरदेखि इटहरीमा शोरुम संचालनगरि विभिन्न ब्राण्डका गाडी विक्री गर्दै आएको कम्पनी हो । कम्पनीले सेवा शुभारम्भको अवसरमा विभिन्न स्पेशल स्कीम ल्याएको जनाएको छ ।


Back_to_top