बजाज र यामाहापछि टीभीएसले पनि बढायो मोटरसाइकलको मूल्य, कुन मोडलमा कति बढ्यो

काठमाडौं । बजाज र यामाहाको मूल्य वृद्धि भएसँगै टीभीएस मोटरसाइकलको समेत मूल्य बढेको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्वा मोटर्सले मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो ।

भारतीय बजारमा सबै कम्पनीले मूल्य वृद्धि गरिरहेको छन् । यसको प्रभाव नेपाली बजारमा समेत देखिन थालेको छ ।

टीभीएसले आफ्ना सबैजसो मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि गरेको हो । कम्पनीले पछिल्लो समय सार्वजनिक गरेको मूल्यसूचीका अनुसार नयाँ मोडलका मोटरसाइकलमा मूल्य वृद्धि भएको हो ।

कम्पनीले अपाचे आरटीआर १६० को तीन नयाँ मोडलमा त्यस्तै आरटीआर २०० फोर भीको नयाँ मोडलमा र एनटर्कको रेश एडिशनमा मूल्य वृद्धि गरेको छ ।

यो पनि पढ्नुहोस्ः बजाजका सबै मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्य

कम्पनीले आफ्ना उत्पादनमा ५ हजार रुपैयाँसम्म मूल्य वृद्धि गरेको हो । कम्पनीको सबैभन्दा महंगो मोटरसाइकल आरआर ३१० मा मूल्य वृद्धि गरेको छैन । त्यस्तै आरटीआर २०० फोर भी एबीएस मोडलमा ४ हजार मूल्य बढेर ३ लाख ४५ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यस्तै कम्पनीको सबैभन्दा धेरै विक्री हुने मोटरसाइकल आरटीआर १६० फोर भीको नयाँ मोडलमा मूल्य बढेको छ । आरटीआर १६० फोर भी एबीएस मोडलमा ४ हजार बढेर ३ लाख ९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसकै स्मार्ट कनेक्ट डबल डिस्क मोडलको मूल्य ४ हजारले बढेर २ लाख ९८ हजार ९०० रुपैयाँ तोकेको छ । त्यसैगरि स्मार्ट कनेक्ट सिंगल डिस्कमा ३ हजारले बढेर २ लाख ७७ हजार रुपैयाँ पुगेको छ ।

यो पनि पढ्नुहोस्ः यामाहाका अधिकांश मोटरसाइकलको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची

त्यस्तै आरटीआर १६० टु भीको मूल्य २ हजारले वृद्धि भएर २ लाख ६३ हजार ९०० रुपैयाँ भएको छ । स्टाइकरको नयाँ मोडलमा २ हजारले बढेर २ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ ।


Back_to_top