यस्तो हुने छ सिट्रोनको सस्तो एसयूभी

काठमाडौं । सिट्रोनले भारतमा बनाउने पहिलो सब फोर मिटर एसयूभीको एसआरके डिजाइन स्टुडियोले रेन्डर इमेज बाहिर ल्याएको छ । कम्पनीले आगामी दिपावलीसम्ममा यसलाई भरतमा विक्री सुरु गर्ने लक्ष्य बनाएको छ । सिट्रोनले आगामी महिनाबाट भारतमा आफ्नो विक्री सुरु गर्दैछ ।

मार्चबाट नेपालमा विक्री सुरु गर्ने लक्ष्यको साथ साँग्रिला मोटर्सलाई आधिकारीक वितरक नियुक्त गरेको कम्पनीले नेपालमा पहिला सि५-एयरक्रस मोडल ल्याउने छ । भारतमा उत्पादन हुने सब फोर मिटर एसयूभी पनि नेपालमा ल्याउने छ ।

भारतमा उत्पादन हुने सब फोर मिटर एसयूभीको नाम के हुने भन्ने विषयमा कम्पनीले अहिलेसम्म कुनै आधिकारीक जानकारी नदिएको भएपनि यसले बजारमा मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, किया सोनेट जस्ता मोडलसँग प्रतिस्पर्धा गर्ने पक्का रहेको छ ।

सेट्रोनले नयाँ एसयूभीमा १.२ लिटर टर्बो पेट्रोल दिन सक्ने विभिन्न रिपोर्टले औल्याएका छन् । यद्यपी कम्पनीले १.० देखि १.४ लिटरसम्मको कुनै पनि इन्जिन यसमा दिन सक्ने छ । सिट्रोन को सि–क्यूव प्रोग्राम अन्तर्गत उत्पादन हुने यो एसयूभी धेरैले प्रतिक्षा गरिरहेको मोडल हो ।


Back_to_top