भारतीय कम्पनीले बनायो स्टाइलिस इलेक्ट्रीक मोटरसाइकल र स्कुटर

भारतीय इलेक्ट्रीक सवारी साधन निर्माता कम्पनी कोमेकीले नयाँ मोटरसाइकल तथा स्कुटर बजारमा ल्याएको छ । कम्पनीले ल्याएको स्कुटर र मोटरसाइकललाई हाइस्पीडमा आधारित रहेको जनाएको छ ।

कम्पनीले टीएन-९५ स्कुटर र एम-५ इलेक्ट्रीक मोटरसाइकल बजारमा ल्याएको हो । दुबै मोटरसाइकल र स्कुटर विशेषत युवा लक्षीत रहेको कम्पनीको दाबी छ ।

कोमेकी टीएन-९५ मा कम्पनीले लिथियम आयोन व्याट्री प्रदान गरेको छ । उक्त व्याट्रीलाई एक पटकको फुलचार्जमा १०० देखि १८० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।

टीएन-९५ स्कुटरमा एलइडी डेटाइम रनिङ लाइटको साथमा एलइडी हेडलाइट, तीन फार राइडिङ मोड, यूएसबी मोवाइल चार्जर, व्ल्यूटुथ स्पीकर, एन्टी थेप्ट लक, पार्किङ क्रुज कन्ट्रोल, रिभर्स एसिस्ट जस्ता हाइटेक फिचर पाउन सकिन्छ । यसमा डिस्क ब्रेक र एबीएस समेत उपलब्ध रहेको छ ।

कम्पनीले ल्याएको एम-५ इलेक्ट्रीक मोटरसाइकलमा पनि निकालेर चार्ज गर्न मिल्ने लिथियम आयोन व्याट्री दिइएको छ । यसमा उपलब्ध व्याट्रीले एक पटकको फुल चार्जमा १०० देखि १२० किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी कम्पनीले गरेको छ ।

यसमा पनि स्कुटरमा रहेका हाइटेक फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Back_to_top