काठमाडौं । किया मोटरले कोरियामा सन् २०११ देखि बिक्री गर्दै आएको ‘रे’ ईभीलाई इलेक्ट्रीकमा पनि बिक्री सुरु गरेको छ । कम्पनीले आफ्नो सानो कारहरु बनाउँदै आएको प्लेटफर्ममा नै यसलाई तयार पारेको हो ।
कियाले ‘रे’ ईभीमा लेभल वान एडास फिचर दिएको छ । उक्त एडास फिचर भित्र कोलुजन बार्निङ फर्वाड अन्तर्गत भेहिकल पे्रेडिस्ट्रेन र साइकल जस्ता फिचरहरु उपलब्ध छन् । क्रुज कन्ट्रोल र लेन किप असिस्ट फिचर पनि पाउन सकिन्छ । यसका अलावा सुरक्षाका लागि हाइबिम एसिस्ट, इलेक्ट्रीक पार्किङ ब्रेक, इन्टेलिजेन्ट स्पीड लिमिट एसिस्ट, भेहिकल डिपार्चर नोटिफिकेसन र ड्राइभर अटेन्सन वार्निङ फिचर दिएको छ ।
सानो विद्युतीय कारमा ३५.२ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा २३३ किलोमिटरसम्म रेन्ज पाउन सकिन्छ । कियाको नयाँ कम्प्याक्ट कारमा १५० किलोवाटको डीसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ४० मिनेटमा शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्ने कम्पनीको दावी छ ।
किया रेमा ६५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । त्यो भनेको ८७ पीएस पावर हो । यसले अधिकतम १४७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
कियाले वार्षिक ४ हजार यूनिट बिक्री गर्ने लक्ष्य राखेको रे ईभी अगस्ट २४ बाट सेप्टेम्बर २० सम्मको २४ दिनमै ६ हजार प्रि–बुकिङ भइसकेको छ । किया कोरियाले गत हप्ता मात्र ईभीमात्र बनाउन नयाँ डेडिकेटेड प्लान्ट उद्घाटन गरेको थियो । जसमा कम्पनीले आउँदै गरेको मोडलहरु ईभी थ्री र ईभी फोर उत्पादन गर्नेछ ।

