काठमाडौं । प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्डर हाइब्रिडमा उपलब्ध अबतारको पछिल्लो मोडल अबतार–०७ को मात्र २० घण्टामा ११ हजार ६७३ यूनिट बुकिङ भएको छ । एड्भान्स टेक्नलोजी र इनोभेटीभ डिजाइन भएको अबतार–०७ एक मिडसाइज भर्सटाइल एसयूभी हो ।
अबतार–०७ तुलनात्मक रुपमा उत्कृष्ट एसयूभी देखिन्छ । यसअघिका अबतार–११ र अबतार–१२ भन्दा फरक देखिएको अबतार–०७ को रुफलाइन केहि फ्ल्याटर रहेको छ । त्यसैले यसमा यथेस्ट कार्गो क्यापासिटी बढाउदै ठूला लगेज र इक्युप्मेन्ट ट्रास्फर गर्न सहज बनाएको छ ।
यसको लम्बाई ४८२५ एमएम, चौडाई १९८० एमएम र उचाई १६२० एमएम छ । यसको ह्वीलवेस भने २९४० एमएम छ । यसको फ्रन्ट लुक्स अन्य मोडलको जस्तै डबल लेयर्ड एलइडी डीआरएलले उत्कृष्ट देखाएको छ ।
रियरमा सानो साइजको विण्डो दिएको अबतार–०७ परम्परागत एसयूभी स्टाइलमा रहि स्लीक र मोर्डन लुक्स देख्न सकिन्छ । यसको अबतार–०७ मा फास्टव्याक फ्रन्ट क्याविन, ड्यूल स्कृन सेटअप पाउन सकिन्छ ।
अबतार–०७ मा १५.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन रहेको छ । अर्को ३५.४ इन्चको स्लीम स्कृनले पछाडि बस्ने प्यासेन्जरलाई समेत इन्टरटेन्मेन्ट दिलाउनेछ । अबतार–०७ मा जिरो ग्राभिटी सिट, मेरिडीयन अडियो सहितको २५ वटा स्पीकर पाउन सकिन्छ ।
कम्पनीले यसलाई ८०० भोल्ट आर्किटेक्चरमा बनाएको हो । अबतार ०७ मा ड्यूल मोटर फोर ह्वील ड्राइभ सिस्टम दिइएको छ । सिंगल मोटरमा भने चांगान ग्रुप अन्तर्गतको दिपल टेक्नोलोजीले बनाएको २५२ किलोवाटको रियर ह्वील ड्राइभ मोटर दिएको छ । उक्त मोटरले अबतार–०७ लाई जम्मा ६.३ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति दिन सक्छ ।
अबतार ईभीमा सीएटीएलको ८२.१६ किलोवाट आवरको सेन्सीङ ब्याट्री उपलब्ध हुनेछ । फोरसी फास्ट चार्जर सपोर्ट गर्ने यो एलएफपी व्याट्रीलाई मात्र २० मिनेटमा शून्य बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो ईभीले सीएलटीसी रेन्ज सिंगल मोटरको ६५० किलोमिटर तथा ड्यूल मोटरको ६१० किलोमिटर रहेको छ ।