किया सोनेटको बिक्री सुरु हुने मिति तय गर्न कठिन

काठमाडौं । किया मोटर्सले भारतमा बनाउन लागेको सब फोर मिटर एसयूभी सोनेटको बिक्री सुरु गर्ने समयलाई लिएर तत्काल केही भन्न सक्ने अवस्थामा नरहेको बताएको छ ।

किया इन्डियाका सेल्स एण्ड मार्केटिङ हेड मनोहर भाटले कोरोनाको कारण सेनेट समयमा नै बजारमा ल्याउन सक्ने वा नसक्ने विषयमा तत्काल केही बताउन नसक्ने अवस्था आएको बताएका छन् ।

‘लकडाउन कति लामो समयसम्म चल्छ त्यही अनुसार हामी प्लान गर्छौ । संभवत अब कसरी लकडाउन अघि बढ्छ त्यही अनुसार हामी काम गर्छौ’, भाटले भारतीय मिडियासँग भने ।

यसले आगामी अगस्टमा सार्वजनिक गर्ने तयारी भएको किया सोनेटको बिक्री सुरु हुने वा नहुने अवस्था आएको छ । भारतमा भएको अटो एक्स्पो २०२० मा कम्पनीले यसलाई ग्लोवल प्रिमियर गरेको थियो । कियाको ल्याउन लागेको नयाँ एसयूभीले मारुती सुजुकी भिटारा ब्रेजा, हुन्डाई भेन्यु, टाटा नेक्शन, फोर्ड इकोस्पर्ट र महिन्द्रा एक्सयुभी ३००जस्ता साना एसयूभीसँग प्रतिस्पर्धा गर्ने गर्छ ।

हुन्डाई भेन्युको प्लाटफर्ममा निर्माण भएको सोनेटमा भेन्युको पार्टपुर्जा मात्रै नभई इन्जिनसमेत एउटै हुने छ । यसमा उपलब्ध हुने १.२ लिटर डिजेल इन्जिनले ८२ हर्ष पावरका साथै १७२ एनएम टर्क उत्पादन गर्छ, यस्तै, १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ११८ हर्ष पावरका साथै १७२ एनएम टर्क तथा १.५ लिटर डिजेल इन्जिनले ८९ हर्ष पावरका साथै २२० एनएम टर्क उत्पादन गर्छ ।

सोनेटमा पनि सोही इन्जिन लगाइएको छ भने समान गियरबक्स दिइएको छ । यसमा पाँच स्पीड म्यानुअल, ६ स्पिड म्यानुअल तथा ७ स्पीड डबल क्लच अटोमेटिक ट्रान्समिसन दिइने छ । साथै, कियाले सोनेटमा ६ स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प दिने भएको छ ।

कारमा आधुनिक कनेक्टीभिटी फिचर समेटिने छन् । युभीओ कनेक्टीभिटी टेक्नोलोजीको अलवा यसमा एप्पल कार प्ले, एन्ड्रोइड अटो, ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ तथा रिमोट अपरेशनको साथै क्लाइमेट कन्ट्रोलको फिचर उपलब्ध हुनेछ ।


Back_to_top