काठमाडौं । किया सोनेट ७ सिट क्षमतामा पनि उत्पादन हुने भएको छ । कियाले भारतमा उत्पादन गर्ने सोनेटको सात सिटर मोडल इन्डोनेशियामा विक्री सुरु गर्ने भएको हो । कम्पनीले अप्रिल ८ तारिखमा यसलाई इन्डोनेशियाबाट विक्री सुरु गर्न लागेको छ ।
किया सोनेट अहिले पनि इन्डोनेशियामा विक्री वितरण हुँदै आएको छ । तर, नेपाल र भारतमा विक्री हुने ५ सिटरभन्दा इन्डोनेशियामा विक्री हुने सोनेट लामो रहेको छ । इन्डोनेशियामा ४१२० एमएम लम्बाई रहेको सोनेट विक्री हुन्छ भने नेपाल र भारतमा ३९९५ एमएम लम्बाई रहेको सोनेट विक्री हुँदै आएको छ । यी दुबै मोडल भारतमा उत्पादन हुँदै आएका हुन् ।
अहिले विक्री भइरहेको सोनेटमा १.२ लिटर, १.० लिटर टर्बो र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । तर, नयाँ ७ सिट क्षमताको सोनेट १.५ लिटर पेट्रोल इन्जिनमा आउने अनुमान गरिएको छ ।
यसको डिजाइन, फिचर र सिटको प्लेसमेन्टका विषयमा कियाले कुनै आधिकारीक जानकारी दिएको छैन । इन्डोनेशिया बाहेक भारत, नेपाल लगायतका बजारमा यसको विक्री हुने वा नहुने भन्ने विषयमा पनि कुनै जानकारी प्राप्त भएको छैन ।

