रेगुलर मोडलको तुलनामा भिन्न किया ‘सोनेट एक्स-लाइन’

काठमाडौं । कियाले आफ्नो सफल सब फोर मिटर एसयूभी सोनेटको एक्स-लाइन भर्सन भारतमा सार्वजनिक गरेको छ । कोरियन कार निर्माताले सोनेटको जिटीएक्स प्लस भेरियन्टलाई एक्स-लाइन भर्सनमा ल्याएको हो ।

नेपालमा समेत किया सोनेटको माग र विक्री निकै राम्रो रहेको छ । नेपाल आएको छोटो समयमा नै सोनेटले फरक छाप छाड्न सफल भएको थियो ।

कियाले एक्स-लाइन भर्सनलाई १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध गराएको छ । मूल्यमा भने केही हजार मात्रै बढी राखेर भारतमा यसको विक्री सुरु भएको हो ।

‘मेट ग्रे’ कलरमा तयार भएको एक्स-लाइन भर्सनको केही पाट्समा ग्लसी ब्ल्याक करलको हाइलाइट दिइएको छ । विशेषगरी फ्रन्ट भागमा रहेको ग्रिल, फग ल्याम्प र मिरर क्यापमा ग्लसी ब्ल्याक कलर पाउन सकिन्छ । एसयूभीमा दिइएको अगाडि र पछाडि प्रयोग भएको स्कीड प्लेट भने सिल्भर मेटर एसेन्ट सहित पियानो ब्ल्याक फिनिसमा उपलब्ध छ ।

सोनेट एक्स-लाइनमा १६ इन्चको अलोय ह्वील, पछाडिको टेल गेटमा एक्स-लाइनको ब्याच दिइएको छ । सोनेटको टप स्पेक भएको कारण यसमा समेटिएको फिचरहरु पनि थुप्रै छन् ।

सुरक्षाको लागि फ्रन्ट पार्किङ सेन्सर, ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल र ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।

सोनेट एक्स-लाइनको इन्टेरियर पनि ड्यूल टोन कलरमा सजिएको छ । सनरुफ, भेन्टिलेटेड सिट, १०.२५ इन्चको टच स्कृन, यूभीओ केनक्टेड कार टेक्नोलोजी, विभिन्न ड्राइभ मोड, सबै एलइडी लाइट पाउन सकिन्छ ।

अहिले नेपालमा आयात प्रतिबन्ध रहेको कारण किया सोनेट एक्स-लाइन कहिले नेपाल आउँछ भन्ने विषयमा तत्काल केही भन्न सक्ने अवस्था छैन ।


Back_to_top