काठमाडौं । एमजी र माज्दा जस्ता अन्तर्राष्ट्रिय बजारमा चर्चित ब्राण्डको नेपालको लागि आधिकारीक विक्रेता पारामाउन्ट मोटर्सले मेक्सस ब्राण्डको पीकअप नेपाल ल्याएको छ । मेक्सस चीनको एसएआईसी ग्रुपको स्वामित्वमा रहेको कमर्शियल र प्यासेन्जर गाडी उत्पादन गर्ने ब्राण्ड हो ।
एमजी पनि एसएआईसी ग्रुपकै ब्राण्ड भएको कारण पारामाउन्टले मेक्सस पनि आधिकारीक विक्रेता पाएको सहजै अनुमान लगाउन सकिन्छ । कम्पनीले अहिले नेपाल ल्याएको टी ६० मोडलको पीकअप हो ।
फुल फिचर लोडेड मेक्सस टी ६० मा २.८ लिटर क्षमताको यूरो फोर मापदण्डको डिजेल इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम १५० हर्स पावर र ३५० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड टर्क कन्भर्टर अटोमेटीक गियरबक्स दिइएको छ ।
दुबै चक्कामा डिस्क ब्रेक उपलब्ध टी ६० पीकअपमा १९ इन्चको ह्वील, इबीडी सहितको एबीएस, इएसपी, इबीए, दुई एयरब्याग, टायर प्रेसर मोनिटर, पार्किङ सेन्सर, रियर क्यामेरा जस्ता फिचर उपलब्ध छन् ।
फोर वाइ फोर सिस्टममा उपलब्ध यो पीकअपको लम्बाई ५३६५ एमएम, चौडाई १९०० एमएम र उचाई १८०९ एमएम रहेको छ । यसमा ३१५५ एमएमको ह्वीलवेस पाउन सकिन्छ । मेक्सस टी ६० मा २१५ एमएमको ग्राउन्ड क्लियरेन्स उपलब्ध छ ।
चालकको सहजताको लागि एड्जस्टेवल ड्राइभर सिट, अगाडि र पछाडि नै एसीको राम्रो उपलब्धता, एयर प्यूरिफायर, एड्जस्टेवल स्टेरिङ ह्वील, फेब्रिक सिट, सेन्ट्रल लकिङ पावर विन्डो, ४ वटा स्पीकर, रिमोर्ट कि जस्ता फिचर पाउन सकिन्छ ।
पारामाउन्ट मोटर्सले यसको मूल्य ७८ लाख हाराहारी पर्ने जनाएको छ । यसको आधिकारीक विक्री छिट्टै सुरु हुनेछ ।


