काठमाडौं । टाटा मोटर्सको पूर्व चेयरम्यान साइरस मिस्त्रीको सडक दुर्घटनामा परी मृत्यू भएको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार सडक दुर्घटनामा परी उनको मृत्यू भएको हो ।
मुम्बाई नजिकैको पालघर इलाकामा उनी दुर्घटनामा परेका थिए । उनलाई तत्काल आनन फाननमा रहेको अस्पताल लगिएको भएपनि डाक्टरको टीमले उनलाई मृत घोषणा गरेको थियो ।
रतन टाटाको उत्तराधिकारीको रुपमा सन् २०१२ मा टाटा सन्सको चेयरम्यान बनेका उनि ४ वर्ष भित्र कम्पनीको चेयरम्यानबाट हटाइएका थिए । त्यसपछि पुन टाटाको कमाण्ड रतन टाटाले नै सम्हालेका थिए । अहिले टाटाको चेयरम्यान चन्द्रशेखरन रहेका छन् ।

