काठमाडौं । कियाले भारत केही समय अगाडि नयाँ एसयूभी सिरोस बिक्री सुरु गरको थियो । कम्पनीले पेट्रोल इन्जिनमा ल्याएको सिरोस अब ईभीमा पनि ल्याउने समाचारहरु बाहिर आएका छन् ।
सिरोस एसयूभी पृथक लुक्स र फिचर लोडेड भएको कारण भारतमा निकै चर्चित छ । अहिले पेट्रोल इन्जिनले पाएको चर्चालाई थप मजबुद बनाउन यसलाई ईभीमा पनि उतार्न लागेको हो ।
धेरै हदसम्म ईभी सिरिजसँग मिल्दोजुल्दो सिरोस ईभीमा कम्पनीको ईभी-२ मा रहने फिचरहरु उपलब्ध हुने अनुमान गरिएको छ । यसलाई सन् २०२६ मा बजारमा ल्याउनेगरी कियाले काम गरिरहेको बुझ्न सकिन्छ ।
अहिले बजारमा उपलब्ध किया सिरोसमा १७ इन्चको अलोय ह्वील, कियाको लोगो प्रोजेक्सन सहितको पडल ल्याम्प, दुई कलरमा सजिएको इन्टेरियर, ६४ कलरमा छान्न मिल्ने एम्बियन्ट लाइट जस्ता फिचर छन् । जुन ईभीमा पनि निरन्तर रहनेछ ।
अटोमोटिक क्लाइमेट कन्ट्रोल, क्लाइमेट कन्ट्रोल एड्जस्ट गर्न ५ इन्चको टच स्क्रीन, १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८ स्पीकर, कियाको २.० कार कनेक्टिभिटी र एयर प्यूरिफायर जस्ता फिचरले सिरोसलाई अब्बल एसयूभी बनाउने छ ।
स्मार्ट ड्यासक्याम्प, सबै भ्यान्टिलेटेड सिट, अटोमेटिक आइआरभीम, स्मार्ट फोन वायरलेस चार्जर, फोर-वे पावर्ड ड्राइभर सिट, अगाडि र पछाडि नै पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पर्ट मोनिटर र लेभल टु एडास फिचर पेट्रोल मोडलमै उपलब्ध छ । त्यसैले यसलाई ईभीको रुपमा ल्याउन समय नलाग्ने देखिन्छ ।
कियाले अहिलेसम्म भारतमा ईभी उत्पादन थालेको छैन । कम्पनीले यसअघि कारेन्स मोडलको पनि ईभी अप्सन परीक्षण गरिरहेको छ । भारतमा ईभी उत्पादन भएसँगै कम मूल्यका कियाका ईभी नेपाली बजारमा पनि उपलब्ध हुनेछन् ।

