४ लाख किमी वारेन्टी भएको १९ सिटे माइक्रोभ्यान नेपालमा, मूल्य कति ?

काठमाडौं । नेपालमा किङलङ इलेक्ट्रीकको १९ सिटे माइक्रोभ्यान भित्रिएको छ । किङलङ इलेक्ट्रीकको नेपालका लागि आधिकारिक बिक्रोता सीजी मोटर्सले उक्त माइक्रोबस नेपाल ल्याएको हो ।

सीजीले यसअघि किङलङको १४ सिटे माइक्रोभ्यान बिक्री गर्दै आएको थियो । नयाँ १९ सिटे भ्यान माइक्रोभ्यानको लम्बाइ ५९९० एमएम, चौडाइ १८८० एमएम र उचाइ २८२० एमएम रहेको छ ।

ड्यासबोर्डमा १२.३ इन्चको स्क्रीन रहेको यो माइक्रोभ्यानको क्याबिनमा एयर कण्डिसन फिचर समेत रहेको छ । ७७.२८ किलोवाट आवरको सीएटीएल ब्याट्रीप्याक रहेको यो भ्यानले एक पटकाको फुलचार्जमा ३०० किलोमिटर सम्मको रेन्ज दिनेछ । यो ईभीमा ९० किलोवाटको मोटर जडान भएको छ । यसको ग्राउण्ड क्लियरेन्स २२० एमएमको रहेकोे छ ।

यो माइक्रोभ्यानमा कम्पनीले  ४ लाख किलोमिटर वा ७ वर्ष सम्मको मोटर तथा ब्याट्री रिप्लेसमेन्ट वारेन्टी दिएको छ । कम्पनीले १९ सिटे किङलङको इलेक्ट्रिक माइक्रो भ्यानको मूल्य ७८ लाख तोकेको छ ।


Back_to_top