रोयल इनफिल्ड हन्टर ४५० आउँदै, हिमालयनमा भएको शेर्पा इन्जिन प्रयोग हुने

काठमाडौं । रोयल इनफिल्डले तिब्र बजार विस्तार गर्ने रणनीति अनुसार नयाँ मोटरसाइकल ल्याउने क्रम जारी राखेको छ । कम्पनीले केही दिनअघि मात्रै क्लासीक ३५० बब्बरको परिक्षण गरिरहेको तस्बीर बाहिर आएको थियो भने अहिले नयाँ मोटरसाइकल परिक्षण गर्दै गरेको तस्विर बाहिर आएको हो ।

चेन्नाई वेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्डले हन्टर ४५० को परिक्षण गरेको तस्बीर बाहिर आएको हो ।

कम्पनी गत वर्षदेखि नै हन्टर ४५० को परिक्षण गर्दै आएको छ । हाल परिक्षणमा देखिएको हन्टर ४५० सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको अनुमान गर्न सकिन्छ । अगष्ट २०२२ सार्वजनिक भएको सबैभन्दा कम मूल्यको मोटरसाइकल हन्टर ३५० ले चर्चा कमाइरहेको छ ।

नयाँ हन्टर ४५० मा हिमालयन ४५० मा भएको शेर्पा इन्जिन प्रयोग हुनेछ । यसमा भएको ४५० सीसी सिंगल सिलिन्डर लिक्वीड कुल्ड एफआईले ८ हजार आरपीएममा अधिकतम ४० पीएस पावर र ५५०० आरपीएममा ४० एनएम टर्क जेनेरेट गर्नेछ । परिक्षणमा देखिएको मोटरसाइकलमा ब्ल्याक अलाय ह्वीलका साथ १७ इन्च टायर रहेको छ । फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन देखिएको छ भने पछाडि मोनोशक सस्पेन्सन रहने छ ।

हन्टर ४५० को राइडिङ पोस्चर अप राइट रहेको छ । यसमा वाइड ह्न्यान्डलबार देख्न सकिन्छ । एलइडी हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर, डबल च्यानल एबीएस, डिस्क ब्रेक जस्ता फिचर यसमा रहने छन् ।


Back_to_top