स्कोडा कुशक मार्चमा ग्लोवल प्रिमियर हुने, क्रेटा र सेल्टोससँग सिधा टक्कर

काठमाडौं । स्कोडाले भारतमा उत्पादन गर्ने कुशक आगामी मार्चमा ग्लोवल प्रिमियर गर्ने भएको छ । सन् २०२१ को पहिलो क्वाटरबाट बजारमा ल्याउने अनुमान गरिएको कुशक मार्चमा ग्लोवल प्रिमियर हुने भएको हो ।

यसअघि नै कम्पनीले भारतलाई केन्द्रमा राखेर ‘भिजन इन’ कन्सेप्ट अगाडि ल्याएको थियो, अब यसको प्रडक्सन मोडल बाहिर आउने भएको हो । विशेषत हुन्डाई क्रेटा, किया सेल्टोस र निसान किक्सको सेग्मेन्टमा आउन लागेको नयाँ कुशक अहिले निकै चर्चामा रहेको मोडल हो । स्कोडाले यसको मूल्यपनि यी गाडीहरुको जस्तै राख्ने अनुमान गरिएको छ ।

स्कोडाले भारतमा भएको अटो एक्स्पो २०२० मा यी एसयूभीको कन्सेप्ट सार्वजनिक गरेको थियो । अहिले भारतका विभिन्न क्षेत्रमा यो एसयूभीको परिक्षण भइरहेको तस्विरहरु बाहिर आइरहेका छन् ।

कम्पनीले यसलाई दुई इन्जिन अप्सनमा बजारमा ल्याउने छ । जसमा १.० र १.५ लिटरको टीएसआई पेट्रोल इन्जिन रहने छ । यसमा रहेको १.० लिटरको इन्जिनमा ६ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्स रहने छ भने, १.५ लिटरको टीएसआई इन्जिनमा ७ स्पिड डीसीटी इन्जिन हुनेछ । कम्पनीको १.० लिटर इन्जिनले अधिकतम ११० पीएस पावर र १.५ लिटर इन्जिनले अधिकतम १५० पीएस पावर प्रदान गर्ने छ ।

स्कोडाले कुशकलाई ‘एमक्यूबी ए–जिरो इन’ प्ल्याटफर्ममा बनाइरहेको छ । नयाँ एसयूभीमा एलइडी हेडलाइट र हेलोजिन फग लाइट रहने छ ।

अलोय ह्वील, एलइडी टेल लाइट, स्पोइलर सहितको स्टप ल्याम्प, लेदरले मोरिएको स्टेरिङ ह्वील, स्टेरिङ माउन्टेड कन्ट्रोल र टचस्क्रिन इन्फोटेन्मेन्ट, अल ह्वील ड्राइभ सिस्टम जस्ता फिचर कुशकमा उपलब्ध रहने छन् । विशेषत सुरक्षा फिचरलाई जोड दिएर बनाइदै गरेको कुशकमा २६५१ एमएमको ह्वील वेस रहने छ । यसमा ६ एयरव्याग, हिल होल्ड एसिस्ट, रेन लाइट सेन्सर, टायर प्रेसर मोनिटर, आइएसओ फिक्स चाइल्ड सिट ग्राहकले पाउने छन् ।

फुल लोडेड फिचरको साथ आउने नयाँ एसयूभीमा डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, पानारोमिक सनरुफ, अटो क्लाइमेट कन्ट्रोल जस्ता प्रिमियम फिचर पाउन सकिने छ ।


Back_to_top