काठमाडौं । आगो नलाग्ने (फायरप्रूफ) ब्याट्री भएको इलेक्ट्रीक स्कुटर नेपाल भित्रिएको छ । युनिटी ट्रेडिङ कन्सर्नले नेपालमा ‘फायरप्रूफ’ ब्याट्री भएको कोमाकीको नयाँ स्कुटर ‘डीटी ३०००’ नेपाल ल्याएको हो ।
डीटी ३००० मा आगो नलाग्ने ६२ भोल्ट ५२ एम्पियर आवरको लिथियम आयन ब्याट्री रहेको कम्पनीले जनाएको छ । यूनीटी ट्रेडिङले यो स्कुटरको अहिले बुकिङ खुल्ला गरेको छ भने, १५ दिन भित्र ग्राहकलाई डेलिभरी गर्ने जानकारी दिएको छ ।
कम्पनीका विक्री प्रबन्धक उमेश अधिकारीका अनुसार डीटी ३००० मा ‘फायरप्रूफ’ ब्याट्री रहेको छ ।
‘विभिन्न ब्राण्डका इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलहरुमा आगलागीको समस्या देखिएको समयमा कोमाकीले आफ्ना उत्पादनलाई ‘फायरप्रूफ’ बनाएर ल्याउन लागेको हो’, अधिकारीले भने ।
यो स्कुटरको रेटेड पावर ३ हजार र पिक पावर ५ हजार २ सय वाट रहेको छ । यसमा ६२ भोल्ट ५२ एम्पियर आवरको लिथियम आयोन ब्याट्री रहेको दिइएको छ । यसलाई एकपटक फुलचार्ज गर्न ४ देखि ५ घण्टा समय लाग्ने कम्पनीले जनाएको छ ।
यो स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ । यसको टप स्पीड क्षमता प्रतिघन्टा ८० किलोमिटर रहेको छ ।
कम्पनीका अनुसार यो नयाँ स्कुटरमा फायर फ्रूफ, वाटर प्रूफ, स्मार्ट बिएमएस एक्टिभ ब्यालेन्सिङ, टिएफटी टच स्क्रिन र दुवै चक्कामा डिस्क ब्रेकलगालयतका विशेषता पाउन सकिन्छ ।
यसबाहेक स्टेनलेस स्टिल फ्रेम च्यासिस, दुवै साइडमा फुट रेष्ट, ब्याक गार्ड र फराकिलो वुट स्पेस जस्ता सुविधा समेत उपलब्ध छ ।
कम्पनीले डीटी ३००० को मूल्य ३ लाख ३० हजार रुपैयाँ मूल्य तोकेर बुकिङ लिन सुरु गरेको छ ।

