‘नाडा ईभी शो २०२२’को स्टल बुकिङ खुल्ला

काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आगामी असोज ६ गतेदेखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागेको ईभी शो २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । नेपालमै पहिलो पटक आयोजना हुन लागेको ईभी शो २०२२ को स्टल बुकिङ भदौ ५ गतेसम्म गर्न सकिने छ ।

‘हामीले आजबाट स्टल बुकिङ खुल्ला गरेका छौं । आगामी ५ गतेसम्म सहभागीता जनाउन चाहने ब्राण्डहरुले स्टल बुकिङ गरिसक्नु पर्नेछ’ नाडा ईभी एक्स्पोका सभापति अनुपकुमार बरालले भने ।

नेपालमै पहिलो पटक हुन लागेको ईभी शोलाई भब्य बनाउन सबैलाई अपिल गर्दै नाडा महासचिब सुरेस उप्रेतीले आवश्यक सहयोग गर्न सदस्यहरुलाई आग्रह गरेका छन् ।


Back_to_top