यी कारण विशेष छ केटीएम एडभेन्चर ३९०

केटीएमले EICMA मोटरसाइकल शोमा सार्वजनिक गरेको ३९० सीसी क्षमताको एडभेन्चर मोटरसाइकल अहिले निकै चर्चामा रहेको छ । कम्पनीले बजारमा ल्याउने तयारी गरेको केटीएम ३९० एडभेन्चरको मुख्य बजार भारत रहेकाले पनि यसको चर्चा धेरै भएको हो ।

केटीएमको ड्युक ३९० नेपाली बजारमा पनि बिक्री वितरण भइरहेकाले नयाँ एडभेन्चर मोटरसाइकल पनि नेपाल आउने हुँदा यसको चर्चा नेपालमा पनि भइरहेको छ । 

यसमा कम्पनीले ड्यूक ३९० मा प्रयोग गरेको ३७३ सीसी सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, फियुल इन्जेक्सन इन्जिन दिएको छ । जसले अधिकतम ४४ पीएस पावर र ३७ एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । 

सिल्पर क्लचसहित आउने यो मोटरसाइकलमा ६ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । यो ड्यूक ३९० को तुलनामा करिब ९ किलोग्राम बढी तौल भएको हुनेछ ।  

कम्पनीले यसमा ट्याक्सन कन्ट्रोल, अफरोड एबीएस जस्ता फिचर उपलब्ध गराएको छ । जसले खराव बाटोमा यसलाई सहजै ह्याडलिङ गर्न सकिने जनाइएको छ । 

कम्पनीले यसमा नयाँ सस्पेन्सन स्टेपको प्रयोग गरेको छ । अगाडि ४३ एमएमको यूएसडी फर्क र पछाडि एड्जस्टेवल मोनोसक दिइएको छ । 

कम्पनीले यसमा १९ इन्चको अलोय ह्वील अगाडि दिएको छ भने पछाडि १७ इन्चको अलोय ह्वील दिएको छ । यसअघि स्पोक ह्वील दिने अनुमान गरिएकोमा अब स्पोक ह्वीलमा केटीएम ३९० एडभेन्चर नआउने भएको हो ।

कम्पनीले यसलाई आगामी डिसेम्बर महिनाबाट भारतमा बिक्री सुरु गर्ने अनुमान गरिएको छ । यद्यपी नेपाली बजारमा कहिलेबाट आउने छ भन्ने अहिल्यै कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top