काठमाडौं । एड्भेन्चर टुर मन पर्नेहरूका लागि उत्कृष्ट गन्तव्य हो नेपाल । यहाँका सडकदेखि पहाडी र हिमाली क्षेत्र एड्भेन्चर टुरिजमका लागि प्रख्यात छन् । एड्भेन्चर टुरिजम कल्चर फस्टाएसँगै नेपालमा एड्भेन्चर सेग्मेन्टका मोटरसाइकलको बिक्री पनि बढ्दै गइरहेको छ ।
केही वर्ष अघिसम्म सस्तो मूल्यका एड्भेन्चर मोटरसाइकल मात्रै फाट्टफुट्ट बिक्री हुन्थ्यो । तर, अहिले नेपालमा महँगा मूल्यका ठूला र प्रिमियम एड्भेन्चर मोटरसाइकलको माग धेरै हुन थालेको छ ।
माग बढेसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरूले एड्भेन्चर सेग्मेन्टमा प्रिमियम मोडल ल्याउन थालेका छन् । हाल यस सेग्मेन्टमा नेपालमा केटीएम र रोयल इनफिल्ड निकै अगाडि रहेका छन् ।
नेपाली बजारमा लंग ट्राभल एड्भेन्चरका रुपमा आएको प्रिमियम मोटरसाइकलको मूल्य सेग्मेन्ट अनुसार फरक फरक पाइन्छ । यहाँ हामीले नेपालमा चल्तीका दुई एड्भेन्चर मोटरसाइकल केटीएम ३९० इन्डुरो आर र रोयल इनफिल्ड हिमालयन ४५० मोडलका बारमा चर्चा गरेका छौं । जसले तपाईंलाई प्रिमियम एड्भेन्चर सेग्मेन्ट मोटरसाइकल मूल्य, फिचर र पर्फमेन्सका आधारमा छनोट गर्न सहज बनाउने छ ।
डिजाइन
टिपिकल इन्ड्यूरो, डबल स्पोर्ट डिजाइन र नयाँ स्टील ट्रेलिस स्लिम चेसिस फ्रेम बडीवर्कमा तयार भएको ३९० इन्डुरो आरमा सानो आकारको हेडलाइट, उठाइएको फ्रन्ट फेन्डर, लामो फ्ल्याट सिंगल पिस सिट, अग्लो सिंगल पिस ह्याण्डलबार, ह्याण्डलबार क्ल्याम्प र स्लीम रियर डिजाइन पाउन सकिन्छ ।

हिमालयन ४५० नेपालमा नै एसेम्बलिङ भएको मोडल हो । यो ट्वीन स्पार ट्युबलर स्टिल फ्रेममा बनेको छ । मोटरसाइकलमा रोबुस्ट स्वीङआर्म, राउण्ड हेड्ल्याम्प, प्रोटेक्टिभ गार्ड, फ्रन्ट वीन्डस्क्रीन, एंगुलर फ्युल ट्याकं, पिलियन स्प्लीट सिट, एड्भेन्चर रग्ड र माउन्टेड स्ट्यान्डर्ड डिजाइन छ । दुवै मोडल डबल पर्पस एड्भेन्चर डिजाइन र हाई ग्राउण्ड क्लियरेन्समा उपलब्ध छन् ।
इन्जिन पावर र पर्फमेन्स
हिमालयनमा ४५२ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, ४ भल्भ, एफआई, शेर्पा इन्जिन छ । यो इन्जिनले अधिकतम ४०.२ पीएस पावर तथा ४० एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर बक्स छ । हिमालयन ४५० को टप स्पीड १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
केटीएम ३९० इन्डुरो आर मोटरसाइकलमा हाई टर्क प्रदान गर्ने लो इण्ड र मिड रेन्ज पर्फमेन्स ट्युन, स्प्रोकेटिङ ट्वीक गरिएको ३९९ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, एलसी फोरसी, इन्जिन छ । यो इन्जिनले अधिकतम ४६ पीएस पावर तथा ३९ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स छ भने यसको टप स्पीड १३० किलोमिटर प्रतिघण्टा रहेको छ ।
माइलेज
यी दुई मोडलले एक लिटर पेट्रोलबाट २५ देखि ३० किलोमिटरसम्म माइलेज दिने कम्पनीले दाबी गरेका छन् । हिमालयनमा १७ लिटर र इन्डुरोमा १४.५ लिटरको फ्युल ट्यांक छ ।
सस्पेन्सन र टायर
दुवै मोटरसाइकलमा लङ ट्राभल सस्पेन्सन सेटअप, अफरोड स्पोक ह्वील, डबल डिस्कब्रेक, स्वीचेबल डबल च्यानल एबीएस र ब्लक प्याटर्न अफरोड बेस टायर पाइन्छ ।

इन्डुरोमा इन्भर्टेड फ्रन्ट यूएसडी डब्लूपी एपेक्स फोर्क र रियरमा मोनोसक दिइएको छ भने हिमालयनको फ्रन्टमा इन्भर्टेड सोवा फोर्क र रियरमा मोनोसकनै सस्पेन्सन सेटअप रहेको छ ।
अन्य फिचरहरू
हिमालयन ४५० मोटरसाइकलमा पूरा एलईडी लाइट, पूरा डिजिटक टीएफटी राउण्ड कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न वाइ टर्न नेभिगेशन, राइड बाइ वायर थ्रोटल, मल्टिपल राइड मोड, स्लीपर एसिस्ट क्लच, यूएसबी चार्जिङ पोर्ट, फ्रन्ट फेन्डर र रेडियटर कभर जस्ता फिचरहरू छन् ।
इन्डुरो ३९० आरमा टीएफटी कन्सोल, कनेक्टिभिटी सिस्टम, टर्न बाइ टर्न नेभिगेसन, फोन अलर्ट, म्युजिक कन्ट्रोल, एलईडी लाइट, ट्रयाक्सन कन्ट्रोल, कु्रज कन्ट्रोल, दुई राइडिङ मोड, लन्च कन्ट्रोल सिस्टम, एड्जस्टेबल पिलियन फुटपेग, ग्रयाब रेल, इन्जिन गार्ड, यूएसबी चार्जिङ पोर्ट, ब्रेक र क्लच लिभर, स्लिपर-असिस्ट क्लच र बाइ डिरेक्सनल क्विक सिफ्टर जस्ता फिचरहरू छन् ।
मूल्य
नेपालमा केटीएम मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले इन्डुरो ३९० आर एड्भेन्चरको मूल्य ९ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
अल्फा अटोमोटिभले नेपालमा रोयल इनफिल्डका मोटरसाइकलहरू बिक्री गरिरहेको छ । कम्पनीले हिमालयन ४५० नेपाली बजारमा ५ कलर अप्सनमा उपलब्ध गराएको छ । यो मोडलको बेस भेरियन्टको मूल्य १० लाख १३ हजार रुपैयाँ रहेको छ ।

