काठमाडौं । जीहो इलेक्ट्रीक स्कुटरका लागि ‘जीहो ईभी केयर क्याम्प’ नामक फ्री चेकअप कार्यक्रम सुरू भएको छ ।
नेपालका लागि जीहो इलेक्ट्रीक स्कुटरको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले उक्त केयर क्याम्प सुरू गरेको हो ।
यस केयर क्याम्पमा ग्राहकले आफ्नो इलेक्ट्रीक स्कुटरको ब्याट्री हेल्थ, चार्जिङ सिस्टम चेक, सफ्टवेयर एण्ड पर्फमेन्स स्क्यान, मोटर एण्ड कन्ट्रोलर इन्स्पेक्सन, ब्रेक एण्ड सस्पेन्सन चेक अप गराउन सक्नेछन् । साथै, टायर, लाइट एण्ड इलेक्ट्रीकल डायग्नोस्टिक्स पनि गरिने छ ।
आजदेखि सुरू भएको यो क्याम्प आगामी माघ २९ सम्म संचालन हुनेछ । क्याम्पमा ग्राहकले रनिङ पार्टसमा २० प्रतिशत र अन कभर आइटम एण्ड एसेसरिजमा ३५ प्रतिशतसम्म छुट पाउने छन् ।
साथै, ग्राहकले कम्पनीले आफ्ना स्कुटरको राम्रो सर्भिसिङ बाहेक अन्य आकर्षक अफरको समेत फाइदा लिन सक्नेछन् ।
नेपाली बजारमा जीहो एई ६, एई ४ र एई८ इलेक्ट्रीक स्कुटर उपलब्ध छन् । यी स्कुटरमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम, राडार, रिभर्स गियर, क्रुज कन्ट्रोल जस्ता फिचर छन् ।
जीहो ब्रान्डका स्कुटरको बिक्री र बिक्री पछिको सेवालाई सहज बनाउन ऋषि ट्रेड सेन्टरले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा शोरुम र सर्भिस सेन्टर विस्तार गरेको छ । कम्पनीले हाल नक्साल, झम्सिखेल र सल्लाघारीमा शोरुम संचलान गरिरहेको छ । कालोपुल र सल्लाघारीमा सर्भिस सेन्टर स्थापना गरेको छ ।

